शनिबारबाट शुरु भएको तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगितामा साविक बिजेता निजगढ सिटि फुटबल क्लवले बिजयी शुरुवात गरेको छ । वडा नम्बर ९ स्थित शहिद हिरालाल रंगशालामा भएको खेलमा निजगढ युवा क्लव बि लाई टाईब्रेकरमा ५—३ गोल अन्तरले पराजित गर्दै निजगढ सिटिले प्रतियोगितामा सुखद शुरुवात गरेको हो ।

निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाईब्रेकरमा गएको थियो । आज भएको उद्घाटन खेल साविक बिजेता निजगढ नगरपालिका वडा नं. ५ को निजगढ सिटी क्लब र पहिलो संस्करण बिजेता निजगढ नगरपालिका वडा नं. ४ को निजगढ यूवा क्लब बिच भएको थियो ।

खेल अबधि भर दुबै टिमले गोल गर्न नसकेपछि ट्राईब्रेकरमा गएको थियो । ट्राईब्रेकरमा निजगढ सिटी क्लबका गोल रक्षकले रचित थापाले निजगढ यूवा क्लबका कम्तान रन्जित धार्मीले प्रहार रोक्न सफल भएका थिए भने मंगल कुमारले प्रहार गरेको बल बहिरीएको थियो ।

खेलको म्यान अफ द म्याच निजगढ सिटी क्लबका गोल रक्षकले रचित थापा घोषित भए ।

यसअघि, तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन निजगढका मेयर सुरेश कुमार खनाल र उपप्रमुख लीलादेवी लामिछानेले संयुक्तरूपमा गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै मेयर खनालले निजगढमा फुटबल खेलको बिकासकोलागि नगरपालिकाले मेयर कप फुटबल प्रतियोगिता संचालनको व्यवस्था गरेको बताए । उनले खेलाडी उत्पादन र फुटबलको प्रवद्र्धनकोलागी मेयर कप फुटबलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । निजगढमा जिल्ला स्तरीय प्रशिक्षण केन्द्रको स्थापना हुने प्रक्रियामा रहेको समेत मेयर खनालले जानकारी दिए ।

यस्तै, उपप्रमुख लिलादेवी लामिछाने खनालले खेलकुद क्षेत्रको बिकासकोलागी नगरस्तरीय खेलकुद बिकास समितिको आवश्यकता रहेको औल्याउंदै नगरपालिकाले खेलकुद बिकास समिति गठनमा ध्यान पुर्याउने बताईन ।

कार्यक्रममा नेपाल तेक्वान्दो संघ प्रदेश २ का संयोजक पेमासिद्धि लामाले फुटबल खेलको बिकासकोलागी नगरपालिकाले प्रशिक्षक सहित नियमित प्रशिक्षणको व्यवस्था गर्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा स्वागत मन्तव्य निजगढ फुटबल क्लवका कोषाध्यक्ष स्वर्ण लामाले गरेका थिए भने कार्यक्रमको सन्चालन भाईकाजि श्रेष्ठले गरेका थिए ।

प्रतियोगिता अन्तर्गत आईतबार दुईवटा खेल हुनेछ । दिउसो १२: ३० देखि शुरु हुने पहिलो खेलमा सिंगौल फुटबल क्लवको ए टिम र शान्तिटोल युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ भने दिउसो २: ३० बजेदेखि संचालन हुने दोश्रो खेलमा रतनपुर युनाईटेड युथ क्लवको ए टिम र नमोबुद्ध आधुनिक क्लव बीच प्रतिस्पर्धा हुने आयोजक निजगढ फुटबल क्लवका अध्यक्ष शम्भु थापाले जानकारी दिए ।

फागुन १४ गतेसम्म संचालन हुने प्रतियोगिताको बिजेताले १ लाख रुपैंया प्राप्त गर्नेछ भने उपविजेताले ४५ हजार रुपैंया प्राप्त गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय