निजगढमा नगरस्तरीय तेश्रो मेयर कप फुटबलको तयारि पुरा भएको छ । प्रतियोगिता निजगढ नगरपालिकाको आर्थिक सहयोगमा संचालन हुन लागेको हो ।

आज निजगढमा आयोजित पत्रकार सम्मेलनमा आयोजक निजगढ फुटबल क्लवले प्रतियोगिताको तयारीको अन्तिम चरणमा पुगेको जनाएको छ ।

निजगढ नगरको शान, खेल प्रवद्र्घन तथा खेलाडी उत्पादन हाम्रो अभियान भने मुल नाराका साथ प्रतियोगिता फागुन १ गतेबाट शुरु हुने आयोजक निजगढ फुटबल क्लवका अध्यक्ष शम्भु थापाले जानकारी दिए ।

प्रतियोगिता फागुन १ देखि १४ गतेसम्म संचालन हुने प्रतियोगितामा नगरपालिकाका १३ वडाका विभिन्न १६ क्लवहरुको सहभागिता रहेको छ भने फागुन १ हने पहिलो खेलमा समुह ए मा रहेको निजगढ नगरपालिका वडा नं. ५ को निजगढ सिटी क्लब र निजगढ नगरपालिका वडा नं. ४ को निजगढ यूवा क्लब बिच हुने भएको तय भएको छ ।

निजगढको वडा नम्बर ९ स्थित शहिद हिरालाल रंगशालामा संचालन हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ४५ हजार रुपैंया सहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता अवधिभरी विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई ट्रफी प्रदान गरिने निजगढ फुटबल क्लवका कोषाध्यक्ष स्वर्ण लामाले जानकारी दिए ।

प्रतियोगिता संचालनको लागि करिब ८ लाख रुपैंया खर्च हुने आयोजकको अनुमान रहेको छ । प्रतियोगिता संचालनको लागी आवश्यक ८ लाख रुपैंया निजगढ नगरपालिकाले उपलब्ध गराउने आयोजकले जनाएको छ ।

कोरोना भाईरस संक्रमणको कारण गत वर्ष संचालन हुन सकेको थिएन । यस अगि निजगढ नगरस्तरीय मेयर कप फुटबल प्रतियोगिताको दोश्रो संस्करणको उपाधि वडा नम्बर ५ ले र पहिलो संस्करणको उपाधि वडा नम्बर ४ ले जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय