मेची– महाकाली रेलमार्ग सरोकार समितिले सरोकारवालाहरुको सुझावलाई ध्यानमा राखेरमात्र रेलमार्गको डिपिआर तयार पारिनु पर्ने भन्दै आज निजगगढ नगरपालिकाका प्रमुख सुरेश खनाल र उपप्रमुख लिलादेवी लामिछानेलाई ज्ञापन पत्र बुझाएको छ । संयोजक जितलाल श्रेष्ठसहित समितिका पदाधिकारी र सदस्यहरुले नगरपालिका कार्यलयमा पुगेर ज्ञापन पत्र बुझाएका हुन ।
समितका संयोजक श्रेष्ठ र सहसंयोजक विष्णु खडकाले हस्ताक्षर गरेर बुझाइएको ज्ञापन पत्रमा निजगढ–हेटौडा–भरतपुर खण्डको सर्भे गर्ने क्रममा निजगढ नगरपालिका क्षेत्रभित्रको घनावस्ति, धार्मिक तथा ऐतिहासिक स्थल र उद्योगसहित उर्वरभूमीसमेत विनास हुने गरी रेल्वे लाइनको सर्भे गरिएपछि यस क्षेत्रका बासिन्दामा चिन्ता, चसो र सरोकार बढेको बताइएको छ ।
त्यसैगरी रेल्वे विभागले हाल गरिरहेको सर्भे अनुसार रेल्वे लाइन निर्माण हुने हो भने निजगढको पहिचान नै गुम्ने अवस्था उत्पन्न हुने देखिएको जनाइएको छ । समितिले निजगढ क्षेत्रमा कुनै पनि किसिमको क्षेति नपुग्ने गरी रौतहटको कटनी क्षेत्रबाट निजगढको नदीकट्टा हुदै सिधै बकैया खोला पारीको जंगलबाट रेल्वे लाइन बनाउनु पर्ने माग गरेका छन ।
स्थानीयको माग अनुसार रेल्वे लाइन निर्माण नभए सर्भे कार्यमा अवरोध उत्पन्न हुनसक्ने र सोको जिम्मेवारी संवन्धित पक्षले नै लिनुपर्ने चेतावनी समेत दिएका छन ।