बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ मा दुधौरा महोत्सव २०७७ हुने भएको छ । वडा नम्बर १४ स्थित दुधौरा मैदानमा द लिड ईन्टरटेनमेन्ट एण्ड एडभरटाईजि प्रा. लिको आयोजनामा माघ २९ गतेदेखि फागुन ९ गतेसम्म महोत्सव हुन लागेको हो ।
आज सिमरामा आयोजित पत्रकार सम्मेलनमा महोत्सवबारे जानकारी गराईएको थियो । प्रदेश मिडिया प्रा.लि सिमराको सहआयोजनामा हुन लागेको महोत्सवको तयारी भब्य रुपमा भईरहेको बताईएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै द लिड ईन्टरटेनमेन्ट एण्ड एभडरटाईजिङ प्रा. लिका अध्यक्ष बिमल खड्गीले महोत्सवको तयारी अन्तिम चरणमा रहेको बताए । उनले भने ‘ऐतिहासिक नगरी पृथक पहिचान, दुधौरा महोत्सव २०७७ सिमराको सान’ भन्ने मुल नाराका साथ महोत्सव आयोजना गरिएको उतm महोत्सव ११ दिनसम्म चल्नेछ ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बिशेष प्रस्तुती रहेनुका साथै १०० भन्दा बढि व्यापारिक स्टलहरु, मनोरञ्जनात्मक बाल उद्यान, अटो मोबाईल तथा औद्योगिक प्रर्दशनीका साथै टिकटक र सेल्फी जोन बिशेष रुपमा रहने अध्यक्ष खड्गीले जानकारी दिए । महोत्सव अवलोकन गर्न आयोजकले रु ५० रुपैया टिकट दर कायम गरेको छ ।
महोत्सवमा चर्चित गायक प्रमोद खरेल, ज्योति मगर, दुर्गेस थापा, प्रिति आले, बद्रि पंगेनी, र्यापर मिस्टर डि, गायक कमल खत्री, निशान भट्राई, प्रताप दास, कमल के क्षेत्री, सुनिल पण्डित, प्रमोद जख्मी, रमेश श्रेष्ठ मेलोडी, विकास पाण्डे, दिपक खड्का, देवेन्द्र कार्की, संदिप गिरि, गायिका समिक्षा अधिकारी, चयन मगर लगायतले आफ्नो प्रस्तुती रहने बताईएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै सहआयोजक प्रदेश मिडिया प्रा. लि सिमराका व्यवस्थापक विकास पाण्डेले महोत्सव सफल बनाउन सम्पुर्णको साथ र सहयोग आवश्यक रहेको बताए । पत्रकार सम्मेलनमा द लिडका अध्यक्ष बिमल खड्गी, द लिडका व्यवस्थापक दिलिप साह, प्रदेश मिडिया प्रा.लि सिमराका व्यवस्थापक विकास पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन प्रदेश मिडिया प्रा.लि सिमराका अध्यक्ष प्रदिप गौतमले गरेका थियो ।