निजगढमा रेलमार्ग पिडित सरोकार समिति बुधवार गठन भएको छ । आज भएको भेलाले पत्रकार एवं निजगढका स्थानिय जीतलाल श्रेष्ठको संयोजकत्वमा १७ सदस्यिय संघर्षसमिति गठन गरीएको हो ।

पूर्व पश्चिम विद्युतिय रेलमार्ग आयोजनाले निजगढ नगरपालिकाको वडा नं ४, ८, ९, १०, १२ र १३ का क्षेत्रमा गाँउवस्तिनै स्थानान्तरण हुने गरी सर्वे गरेपछि मानविय तथा भौतिक क्षति नहुने गरी वैकल्पिक स्थानमा रेलमार्ग बनाउन पहल गर्न तथा रेलमार्ग सम्बन्धि अन्य कामकार्वाहीको बारे खबरदारी गर्न संघर्षसमिति गठन गरीएको संयोजक श्रेष्ठले जानकारी दिए ।

समितिको सहसंयोजकमा विष्णुबहादुर खड्का, सचिवमा बालकृष्ण सापकोटा तथा सदस्यहरुमा मानबहादुर श्रेष्ठ, हरीप्रसाद खरेल, गोविन्दप्रसाद खरेल, कर्णबहादुर लामा, अमिता भण्डारी ज्ञानु, समिर तामाङ्ग, चण्डिका थापा, सुमित्रा पौडेल, खडकध्वज श्रेष्ठ, कृष्ण सुवेदी, ईन्दिप कोईराला, भूमिधवज खड्का, प्रदिप उप्रेति र हेमलाल श्रेष्ठ चयन भएका छन ।

यसअगी मेची—महाकाली विधुतिय रेल मार्गको विस्तारका लागि निजगढ नगरपालिकाको भमरा, नदीकाट, ठाडो लाईन, तेस्रो लाईन, प्रभातबस्ती, बोडिङ्ग टोल, जमुनापैनी टोल, शान्ति टोल, राजमार्ग क्षेत्र बजारटोल, बुद्धचोंक, गुम्वाटोल, कर्भट हल आसापास क्षेत्र, असी विघा, पुरानो निजगढ कछडिया बस्तीहुदै रतनपुरी लाल, चिसापानी, घैयाखोरिया, बुङ्गजोर, बारथली, रामथली, कुलिया, भक्तलाल, डमरपुर लगायतका मानवबस्ती, खेतीयोग्य जमीन भएर डिपिआरका लागि विस्तृत सर्वे गरि रहेको स्थानीयले थाहापाएसंगै सर्वे कार्य तत्कालै रोकेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय