बारा जिल्ला लगाएत नेपालमा कोरोना भाइरस विरुद्धको खोप अभियान देशभर आज ११ बजेबाट सुरु भएको छ । देशभर पहिले चरणमा अग्रस्थानमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी लगायतलाई खोप लगाउन सुरु गरिएको हो ।

बाराको कलैया उपमहानगरपालिमा रहेको कलैया अस्पतालबाट बारामा खोप अभियान सुरु गरिएको भएता पनि स्वास्थ्य कार्यालय बारा र कलैया जिल्ला अस्पतालले पुर्व तयारी नगर्दा बारा जिल्लामा अग्रस्थानमा रहेर खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई प्रथामिक्ता दिनुपर्ने भएतापनि पुर्व तयारी नहुदाँ जिल्लाको बिभिन्न पालिका अग्रस्थानमा रहेर खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीहरुको नाम संक्लननहुदाँ सदरमुकाम कलैयामा रहेका स्वास्थ्यकर्मी र कोही सेनालाई खोप लगाइएको छ ।

खोप कति आउने भन्ने यकिन हुन नसक्दा स्थानिए तहका स्वास्थ्यकर्मी, सफाइकर्मी छुटेको र आज बेलुका त्यसको व्यवस्थापनको प्रक्रिया अगाडी बढाउने स्वास्थ्य कार्यालय बाराका निमित प्रमुख राम नरेश यादबले बताए । हाल बारामा २६ सय डोज खोप प्रदान गरिएको निमित प्रमुख यादबले जानकारी दिए ।

यता बारामा संचालन भएको कोरोना भाइरस विरुद्धको खोप अभियानमा पहिलो डोज खोप कलैया अस्पतालका निमित मेडिकल सुपरिटेण्डेन्ट डा गैरब महत्तेले लगाएर सुरु गरेका थिए । खोप लगाएपछि आफूमा कुनै स्वास्थ्य असर नदेखिएको भन्दै निश्चिन्त भएर खोप लगाउन सबैलाई आग्रह गरेका छन् । कोभिशिल्ड खोप लगाउन कतिपय हिच्किचाइरहेको बेला उनीहरुले यो खोप सुरक्षित रहेको निमित सुपरिटेण्डेन्ट डा महत्ते बताए ।

आज पहिले दिन जिल्लाको कलैया रहेका करिब ११६ जनालाई खोप लगाउने तयारी गरिएको छ । खोपको पहिलो डोज लगाएको चार सातापछि दोस्रोपटक लगाउनुपर्ने हुन्छ । दोस्रोपटक खोप लगाउँदा कार्ड अनिवार्यरूपमा पेश गर्नुपर्ने नियम बनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय