संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल र वन मन्त्री प्रेमबहादुर आले सहितको टोलीले निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्टिय विमानस्थल निर्माण क्षेत्रमा पर्ने टागियावस्तिको आज निरीक्षण गरेको छ । टोलीले टाँगियावस्तिका स्थानीयसंग अन्तरक्रियासमेत गरेको छ ।
कार्यक्रममा स्थानीयले अन्तर्राष्टिय विमानस्थल निर्माणको काम शुरु नहुदा बस्तिमा अन्यौल बढेको बताएका थिए । शुरुमा सरकारले नै बोलाएर बस्ती राखेको र विमानस्थलको लागि जमिन खालि गर्नु पर्ने भएपछि अहिले मुअब्जा दिन सरकार नै आनाकानी गदै आएको स्थानीय सुमन थोकरले बताए । उनले आफुहरु आयोजना विरोधी नभएको तर जायज माग पुरा नगरी काम अघि बढाए अवरोध गर्ने पनि बताए ।
कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिका नगरप्रमुख डा. कृष्ण प्र. पौडेलले टांगियाबस्तीका बासिन्दालाई उचित पुर्नबासको व्यवस्थापनको टुङ्गो लगाएर मात्रै विमानस्थल निमार्णको काम अगि बडाउन आग्रह गरे ।
मन्त्ती ढकालले विमानस्थल निर्माणको काम कसैले रोकेर नरोकिने बताए । सरकारले बनाउने भनेको विमानस्थल क्षेत्रको निरिक्षण पछि मन्त्री ढकालले सरकारको मुख्य प्राथमिकतामा रहेको यस योजनालाई कसैले रोक्न नसक्ने पनि बताएका हुन । त्यसैगरी वन मन्त्री प्रेम आलेले वन क्षेत्रको कम क्षेति हुने गरी विमानस्थलन निर्माण गरिने बताए ।