प्रचण्डको पार्टी र सरकार सत्ता कब्जा गरी अस्थीरता पैदा गर्ने योजनाले वर्तमान परिस्थीती उत्पन्न भएको संघिय सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले बताएका छन् ।
नेकपा ओली समुह बाराले जिल्लाको सदरमुकाम कलैयामा सोमबार आयोजना गरेको वृहत जनसभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले जालझेल गरी प्रचण्डले सत्ता कब्जा गर्न खोजेको बताए ।
सहजताका लागि एउटा पार्टीमा दुईटा अध्यक्ष बनाएका थियौं । पाँचबर्ष एउटाले पार्टी र अर्काले सरकार चलाउने सहमती थियो । सो सहमती लत्याउँदै प्रचण्डले सरकारका विरुद्ध प्रपन्च गर्न थाल्नु भयो । सहमती विपरित हिन्न थाल्नु भयो, दुसित मार्गबाट सत्ता कब्जा गर्ने प्रयास अव कहिलै पुरा हुँदैैन, पोखरेलले भने । षडयन्त्रका नायक भनौं या खलनायक उनै प्रचन्ड हुन् उनले भने ।
महाधिवेसनबाट निर्वाचित अध्यक्षलाई हटाउन महाधिवेसन विनै हटाउन खोन्छ भने हामी सहन्नौं, जलझेलबाट प्रधानमन्त्रीबाट हटाउने कुरा सैय भएन पोखरेलले सुनाए । जालझेल चल्ने वाला छैन । चल्न दिँईदैन, पोखरेलले भने ।
उपप्रधानमन्त्री पोखरेलले भने जनताका पक्षमा लाग्दा जनविरोधि कहलाउने र अनावश्य प्रभावित बनाउने काम भयो । सरकार अस्थीरता विरोधि धक्का सहन तयार छैन । हामी छैनौं उनले भने ।हामी अरुका पनि कुरा सुन्छौं, अस्तीरता कदापी स्विकार्य छैन , उपधानमन्त्री पोखरेलले भने ।
नयाँ पिंडीलाई नेतृत्व दिउँ भन्दा वहाँहरु मान्नु हुन्छ । प्रचण्डा मान्दैनन् । माधव नेपाल मान्दैनन् । शिर झुकाएर बस्छन् ।
सरकारले कानुन संवत प्रतिनीधिसभा विघटन गरेको बताउँदै पोखरेलले गतल ब्यक्तीको हातमा सरकार नजावस भन्ने चाहेको बताए । अस्थीरताको अन्त्य गर्न जनतामा जाने कुरा असंबैधानी हुनै नसक्ने पोखरेलको जिकर थियो ।
यो कदमबाट केही साथीहरुको बहुमतको खेलबाट पार्टी र सरकारी सत्ताकब्जा गर्ने शिलशिला अन्त्य भएको छ । अव ताजा जनादेशमा जाऔं । त्यसका लागि तयार रहन उनले कार्यकर्तालाई आग्रह समेत गरे ।
यस्तै शहरी विकास मन्त्री प्रभु साहले देश जटिल मोडमा उभिएको बताए । दुईवटा पार्टी मिलेर एउटा भयो । दुईतिहाई नजिक थियौं । तर तीन बर्षभित्र देखिएका घटना क्रमले निरास बनायो, उनले भने । जनअपेक्षा पुरा गर्न आफ्नैहरुबाट गारो भयो ।
अस्थीरताका नाईके माधव नेपाल र प्रचण्ड भएको भन्दै मन्त्री साहले उनीहरुकै कारण तीन बर्षमै संसद विघटन हुने अवस्था आयो । अव ताजा जनादेशबाट मात्रै जनताका बाँकी सपना पुरा हुने हुन्छन् ,साहले भने ।
जनसभालाई पोखरेल, साह, पूर्वमन्त्री रघुविर महासेठ, नेकपा जिल्ला ईन्चार्ज बलविर प्रसाद चौधरी, सह ईन्चार्ज एवं प्रदेशसभा सदस्य ज्वाला कुमारी साह, प्रधानमन्त्रीका पूर्व जनसम्पर्क सल्लाहकार अच्युत मैनाली लगायत दर्जनौं नेता कार्यकर्ताले जनसभालाई सम्बोधन सरकारी कदमको पक्षमा वकालत गरे ।