गौरीशंकर फाउण्डेशन व्याच २०५७ ले आज निजगढ ४ स्थित मोहोरी पार्कमा नेपालको राष्ट्रिय झण्डा स्थापना गरेको छ । फाउण्डेशनले राष्ट्रिय एकता दिवसको अवसर पारेर नेपालको राष्ट्रिय झण्डा स्थापना गरेको हो ।
फाउण्डेशनले बुद्ध मुर्ती निमार्ण गरिरहेको स्थानमा झण्डा स्थापना गरेको संयोजक खड्गप्रसाद मैनालीले जानकारी दिए । ३ लाखको लागतमा १६ फिट लामो तथा १२ फीट चौंडाईको राष्ट्रिय झण्डा निर्माण गरिएको फाउण्डेशनले जनाएको छ । उक्त रकम फाउण्डेशनको पहलमा विभिन्न सहयोगी दार्ताहरुबाट संकलन गरीएको थियो ।
जेष्ठ नागरीक एवं समाजसेवी पदमबहादुर भण्डारीको प्रमुख आतीथ्यतामा सम्पन्न झण्डोत्तलन कार्यक्रममा नेपाली कांग्रेस नगर सभापती महेशी कुंवर, लायन्स क्लब अफ निजगढका अध्यक्ष रामचन्द्र जैसवाल, साइकल यात्री मधुसुदन थारु लगायतको सहभागिता रहेको थियो ।