नेपाल सरकारका उपप्रधानमन्त्रि ईश्वर पोखरेलले दुई तिहाईको बहुमतबाट ५ बर्षका लागि प्रधानमन्त्रि बनाएकाहरुले ३ वर्ष नसकिदै प्रधानमन्त्रिबाट हटाउने षडयन्त्रमा लागेपछि प्रधानमन्त्रि ओलीले ससद बिघटन गरि ताजा जनादेशमा गएको बताउनुभएको छ ।
बाराको कलैयामा नेकपा बाराले आयोजना गरेको बृहत जिल्ला भेलालाई सम्बोधन गर्दै उहाँले पार्टीको अधिवेसनबाट निर्वाचित भएका पार्टी अध्यक्ष केपीशर्मा ओलीलाई अधिवेशनबाट नभै षड्यन्त्र पुर्वक पदबाट हटाउन खोजेको कुरा स्विकार नहुने बताउदै जनताले ५ वर्षका लागि ओलीलाई दिएको जीमेवारी जनतालाई नै सुम्पेको बताउनुभएको हो ।
उहाले नेकपालाई कमजोर एवम बिभाजनका लागि उभिएका प्रचण्ड, माधव नेपालका बिरोधमा डटेर समना गर्न कार्यकर्ताहरुलाइ सुझायनु भएको छ । नेकपा बाराले आयोजना गरेको बृहत जिल्ला भेलालाई कलैयामा सम्बोधन गर्दै मन्त्रि पोखरेलले सो बताउनु भएको हो ।
प्रधानमन्त्रि ओलीले नेतृत्व गरेको नेकपा पार्टी नै अधिकारी पार्टी भएको हुदा हामीलाई नै सुर्य चिन्ह पाउने भएको हुदा सबैलाई ढुक्क हुन आग्रह गर्नु भयो । सोहि कार्यक्रमलाई सम्बोधन गर्दै शहरी बिकास मन्त्रि प्रभु साहले प्रदेश नम्बर २ मा लुटकसोक एवम खुल्लम खुल्ला भष्टचारीहरुको सरकार रहेको आरोप लगाउदै मधेसी जनताहरुलाई तिनीहरुले ठगी रहेको आरोप लगाउनुभयो ।
कसैको दायाले होईन आत्म विस्वासले अगाडी बढे लक्ष्यमा पुग्ने भन्दै प्रदेश २ मा बिकासको गतिलाई नेकपाको सरकारले नै ल्याउने दावी गर्नु भयो । कार्यक्रमलाई कानुन मन्त्रि लिलाराज श्रेष्ठले सम्बोधन गर्दे न्यालयलाई कमजोर पार्ने खेलहरु भई रहेको हुदा त्यसो नगर्न सबैलाई आग्रह गर्दै सम्मान गर्न सुझाव दिनु भयो ।
नेकपाका स्थाई समिति सदस्य रघुबिर महासेठ, प्रदेश २ का अध्यक्ष सत्यनारायण मण्डल, केन्दिय सदस्यहरु ज्याला कुमारी साह, अच्चुत मैनाली लगायतका नेताहरुले आमसभालाई सम्बोधन गरेका थिए ।
नेकपाका बारा जिल्ला ईन्चार्ज बलबिर चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको नेकपाका केन्द्रिय सदस्य बिनोद साहले जानकारी दिनु भयो । सो कार्यक्रममा जनता समाजवादी पार्टीका पर्सा जिल्ला सदस्य सदस्य सुन्दर कुर्मी र काँग्रेस पार्टीबाट मोतलिाल कुसवाहा परित्याग गरि नेकपा ओली समुहमा प्रवेश गरेका थिए ।