संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज निजगढमा प्रदर्शन गरेको छ । संसद विघटनलाई असंवैधानिक भनेको भन्दै बारा निर्वाचन क्षेत्र १ क ले आज निजगढमा प्रदशन गरेको हो ।
विरोध प्रदर्शनपछि सभासमेत आयोजना गरिएको थियो । बारा निर्वाचन क्षेत्र १ क की प्रदोश सभापति रामकुमारी गोलेको सभापति रहेको कायक्रममा प्रमुख अतिथिमा नेपालि कांग्रेस बारा कोषाध्यक्ष चन्द्र शोखर यादब र बिष्शठ अतिथीमा सिम्रौनगढका नगर प्रमुख विजय शँकर यादव लगायत रहेका थिए ।
विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बेधन गर्दै सभापति रामकुमारी गोलेले निजगढमा भएको बिरोध कार्यक्रममा निजगढकै कांग्रसका सदस्यहरुको उपस्थीति न्युन भएकोमा आफु निरास भएको र कांग्रेसमा समेत गुठ बन्दीको असर देखा परेको बताईन ।
यता नेपाली कांगे्रस निजगढका सभापति महेशी कुबरले भने निर्वाचन क्षेत्र १ क भित्र विरोध प्रदर्शन कार्यक्रम गनुपर्ने भएका कारण निजगढका भन्दा बहिरका कांग्रेस समर्थक धेरै देखिएको बताए ।
संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गरेको छ । संसद विघटनलाई असंवैधानिक भन्दै कांग्रेसले देशभरका ३३०वटा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो ।