बाराको निजगढ स्थित युथ अफ निजगढ संस्थाको साताैं साधारणसभा आज सम्पन्न भएको छ । साधरणसभाले ईराज कोईरालाको अध्यक्षतमा नयाँ कार्यसमिति चयन गरेको छ । साधारण सभाको बन्द सत्रले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
संस्थाको नव निर्वाचित उपाध्यक्षमा उषा लामा मोक्तान, महासचिवमा प्रकाश काफले, सचिवमा कमल पराजुलि, सहसचिबमा सन्तोस पौडेल, कोषाध्यक्षमा अशोक श्रेष्ठ, सदस्यमा पत्रकार इन्दिप कोइराला, मनिता पाण्डे, प्रलाद तिमलसिना, प्रेम बहादुर अधिकारी, बिधा रौनियार, रबि सापकोटा र निदिप जोशी सहितको १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
तत्कालिन अध्यक्ष गंगामाया श्रेठको नेतृत्मा संस्थाले निजगढ नगरभित्र विविध धार्मिक, सास्कृतीक, समाजिक तथा परोपकारका कार्यक्रमहरु गरेको थियो । मोफसलकै चर्चित प्रिहोली कन्र्सट भाग ६ मा गाएक रामकृष्ण ढकाल एकल साझ धुमधाम रुपले सम्पन्न गरेको थियो । पुर्ब अध्यक्ष श्रेष्ठले संस्थाको श्रीवृद्धिका लागि आफूले सक्दो प्रयास गर्ने समेत बताईन ।
नव निर्वाचित अध्यक्ष कोईरालाले आगामी दिनमा समेत नगरभित्र विविध धार्मिक, सास्कृतीक, समाजिक तथा परोपकारका कार्यक्रमहरु संचालन गर्दै लैजाने बताए ।
संस्थाको नव कार्यसमिति चयन समितिको संयोजकको भुमिकामा संस्थाका बरिष्ठ सल्लाकार भाईकाजी श्रेष्ठ सहितको ५ सदस्य समिति रहेको थियो भने नव निर्वाचित कार्यसमितिलाई सपथ ग्रहण संस्थाका बरिष्ठ सल्लाहकार पत्रकार जितलाल श्रेष्ठले गराएका थिए ।
यस्तै, नव निर्वाचित कार्यसमितिले बरिष्ठ सल्लाहकार भाईकाजी श्रेष्ठ, पत्रकार जितलाल श्रेष्ठ, सल्लाहकार मणिश्वर घिमिरे, संरक्षक जनक श्रेष्ठ, पत्रकार प्रकाश श्रेष्ठका र पुर्व अध्यक्ष गंगामाया श्रेष्ठलाई सम्मान समेत गरेको छ ।