निजगढ नगरपालिका वडा नम्बर ९ कार्यलयद्धारा जेष्ठ तथा पुर्ण अपाङ्ग नागरिकलाई पोषण तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । ९ नम्बर वडा कार्यलयले जेष्ठ तथा अशक्त नागरीकहरुलाई पोषण र सिरक वितरण गरेको हो ।

कार्यालयले वडाका करिब ६७ जेष्ठ र १२ जना पुर्ण अपाङ्ग रहेको यस वडामा हिजो सम्म ५० जनालाई बितरण गरिएको छ । वडाले करिब ८० जनालाई वितरण गर्न कार्यक्रम रहेको छ ।

निजगढ लगाएत तराईका जिल्लामा केही दिनदेखी बढेको चिसो मौसमलार्ई मध्यनजर गरी उहाँहरुलाई न्यानो ओढ्ने र पोषण वितरण गरीएको वडाअध्यक्ष सुदर्शन बडालले जानकारी दिनुभयो ।

अध्यक्ष सहित वडा सदस्यहरु तथा वडा सचिवले सम्बन्धितको घरमै पुगि पोषण र सिरक बितरण गरेको वडाअध्यक्ष बडालले बताउनुभयो ।

ओढ्ने र पोषण लिदै एक बृद्दले भने,“जाडोको बेलामा घर परिवारले नहेरेको हामिलाई न्यानो ओढ्ने र पोषण वितरण गरेर हिमिलाई सहयोग गरेकोमा वडा अध्यक्ष लगाएत सबैलाई धन्यवाद।”

वडाले गत बर्षबाट वडाका अशक्त तथा जेष्ठ नागरीकहरुलाई न्यानो कपडा वितरण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय