निजगढमा नेपाल चेम्बर अफ कमर्स तदर्थ समिति गठन गरिएको छ । निजगढका क्रियाशील व्यवसायीहरूको भेलाले तदर्थ समिति गठन गरेको हो ।

आज गठित तदर्थ समितिको संयोजकमा उत्सव क्षेष्ठ चयन भएका छन भने सदस्यहरुमा राजकुमार पोख्रोल, पवन क्षेठ, बिकाश लामा, सुदिप तिमल्सीना, रन्जन लामिछाने, सिता कुमारी गौतम, कृष्ण कुमारी थापा र पत्रकार इन्दिप कोइराला चयन भएका छन । यस्तै, तदर्थ समितिको सल्लाहकारमा प्रतिष्ठित होटल तथा पर्यटन व्यवसायी युवराज लामा र प्रतिष्ठित व्यवसायी दिपेन्द्र क्षेष्ठ रहेका छन ।

चेम्बर अफ कमर्सका बाराका सदस्य पवन क्षेष्ठको अध्यक्षतामा तदर्थ समिति गठन भएको हो । कोरोनाका कारण यस बेला ब्यवशायीहरु अत्यन्तै ठुलो संकटमा परेको र ब्यवशायीहरुको हकहित र अधिकारका बिषयमा बोल्न चेम्बर अफ कमर्सले महत्वपूर्ण भुमिका खेलिरहेको क्षेष्ठ बताए ।

सबैखाले उद्योगी–व्यवसायीहरूको हित सम्बद्र्र्धन गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्स निजगढको गठन गरिएको संयोजकमा क्षेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय