बारा निजगढका केरा कृषक हिरा थापा मगर प्रदेश २ सराकारद्वारा प्रदेशको उत्कृष्ट केरा कृषकको रूपमा सम्मानित भएका छन ।

प्रदेश २ को भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आज प्रदेश भरिका १६ जना कृषक तथा कृषि फर्महरुलाई सम्मान गरेको हो । मन्त्रालयले ४० औ विश्व खाध्य सुरक्षा दिवशको अवशर पारेर गत अक्टोबर १६ मा उक्त कृषक तथा कृषि फर्महरुलाई सम्मान गर्ने घोषणा गरेको थियो ।

सोही घोषणा बमोजिम मन्त्रालयले आज सम्मान कार्यक्रमको आयोजना गरेको हो । भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले कृषकहरुलाई सम्मानपत्र र नगद सहित सम्मान गरेका हुन । मन्त्रालयले जनही २५ हजार रुपैया नगद सहित सम्मान गरेको छ । कृषकहरुलाई सम्मान गर्दै मन्त्री साहले कृषकहरुले अझैपनी राज्यबाट केही नपाएको भन्दै प्रदेश सरकारले कृषकहरुलाई आवश्यक राहत प्याकेज ल्याउने बताए ।

मन्त्रालयले प्रदेश २ का ८ वटै जिल्लाका २/२ जना कृषि र पशुपालक कृषक तथा फर्महरुलाई उत्कृष्ट कृषकको रुपमा सम्मान गरेको हो । उत्कृष्ट कृषकको रुपमा सम्मानपत्र ग्रहण गर्नुहुदै केरा कृषक मगरले बैदेशिक रोजगारीलाई बिस्थापन गरेर कृषिमा गरेको मेहेनतले अहिले सम्मानको हकदार भएको बताए । कृषक मगरले कृषिमा गर्ने मेहेनत र लगानी प्रतिफलमुखी हुने भएकाले कृषि कार्यमा अझै दृढताकासाथ लाग्न अन्य कृषकहरुलाई पनि आग्रह गरेका थिए ।

मगरले निजगढमा अहिले १२ बिगाह क्षेत्रफलमा मालभोग र अढाई बिगाह क्षेत्रफलमा जिनाईन जातको केरा खेती गदै आएका छन । निजगढमा जिनाईन जातको केरा खेतिको शुरुवात मगरले नै गरेको बताईएको छ ।

करिब एक दशक सम्म वैदेशिक रोजगारीमा रहनुभएका मगरले बैदेशिक रोजगारिको क्रममा सिकेको कृषि कार्य मार्फत स्वदेशमा पनि आधुनिक तरिकाले कृषि क्षेत्रमा लागिपरेको सनाए ।

सम्मान कार्यक्रममा पशुपालक कृषकको तर्फबाट बारा कोल्हवीको मत्स्य पालन कृषि फर्मका सन्चालक बिरेन्द्र चौधरीलाई समेत सम्मानित भएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय