बाराको जीतपुरसिमरा उपमहानगरपालिका १७ जैतापुरका विपन्न परिवार अहिले अर्काको खेतबारीबाट संकलन गरेको बेथुको साग बेचेर छाकटार्दै आएका छन ।

अनीहरु आफना बालबच्चा सहीत मिलेर टिपेको साग जीतपुसिमरा उपमहानगरपालिका १८ बडहर्वाका लुईटेल दम्पतीलाई दैनिक लगेर बिक्री गर्ने गरेका छन् । टंक लुईटेल र उनका पत्नी टिकामाया बरालले गत छट पर्वपछि नियमित रुपमा बेथुको साग खरिद सुरु गरेका छन ।

यस क्षेत्रका विपन्न परिवार अर्काको खेतबारीमा दिनभरी टिपेर बिक्री गरेको बेथु सागको पैसाले उनीहरुको परिवारलाई खानपिनका लागि ठिक हुने र कहिले कहीँ बँचेको पैसाले कपिकलम र कपडा किन्ने गरेका छन ।

लकडाउनअघि गाउँका विकास निर्माणका काम गर्दै ज्यालाबाट आएको कमाइले छोराछोरी र परिवारलाई खाना दिने गरेका उनिहरु गत छट पर्वपछि नियमित रुपमा बेथुको साग टिपेर बिक्री गर्दै आएकी अकली देवी माझीले साग बेचेर गाँस चलेको बताईन् ।

सुरुमा ४५ रुपैंया सम्म प्रति केजी विक्रि गरेकोमा अहिले मुस्कीलले १३ रुपैंया पाउने गरेको र आफ्नो खेतबारी नभएकौ कारण अर्काको बारीमा हुर्केको बेथु टिप्दा कति खेत धनीको र्दुब्यवहार सहनु पर्ने उनले दुखेसो सुनाईन् । धेरै समय लगाएर टिपेको साग कतिले आमाचकारी गालि गर्दै खोसेर लैजान्छन् गरेको र त्यसबेला सारै दुःख लाग्ने उनले बताईन् ।

जैतापुरका विपन्न परिवारहरुको ऐलानी जमिनमा बनेको फुसको घर बाहेक केही छैन । पछिल्लो समय हातमुख जोड्न गाह्रो भएकौ बेलामा बेथुको साग बिक्रि गर्न पाउँदा बाँच्ने आधार बनेको अर्की स्थानिय सान्झा देवी माझीले बताईन् ।

विपन्न दलित समुदायका महिलाहरुले संकलन गरेको बेथु साग किनिदिएर उनीहरुको बाँच्ने आधार बनाई रहेका लुँईटेलका दम्पतीले यहाँ संकलन भएका साग काठमाण्डौं शान्तीनगर स्थीत तरकारी बजारमा रहेको पसलमा उनका छोरा सन्तोषले बच्ने गरेका छन । सन्तोषका बाबु टंक र आमा टिकामायाले यहाँबाट बेथुको साग संकलन गरेर रात्रीबसबाट दैनिक काठमाण्डौं पठाउँने गरेका छन् । यसरी बेथुसाग स्थानिय विपन्नबाट खरिद गर्दा उनीहरुलाई थोरैभए पनि राहत भएको टिकामाया लुँईटेलले बताए ।

उनको घरका दिउँसो ३ बेजे देखी बेलुकी ५ बजे सम्म दैनिक करिब ४०–५० जना विपन्न महिला तथा बालबालिकाहरु बेथुको साथ बिक्रि गर्न आउने गरेका छन् । उनीहरुबाट दैनिक कम्तीमा ३ देखि ४ सय केजी साग खरिद गरेर दैनिक रात्रीबसमा काठमाडौं पठाउने गरेका छन । उनीहरुको सागको रकम दैनिक रुपमै भुक्तानी गर्ने गरेका टंक लुईटेलले बताए ।

यहाँबाट किनिएको सागमा प्रति केजी १०, १५ रुपैंया मात्रै नाफालिएर बिक्री गर्ने गरेको छन । दिनभरी लगाएर टिपेको सागको पैसाले विहान बेलुकी विपन्न दलित समुदायका घरमा छाक टर्ने सहयोग पुगेकोमा दम्पती खुशी रहेको उनिहरुको भनाई रहेको छ । काठमाण्डौंको बजारका आधारमा सागको मुल्य घटबढ गरि भुक्तानी गर्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय