जितपुरसिमरा उपमहानगरपालिका–१ आधारभार जंगल क्षेत्रमा निजी कारको ठक्करबाट एउटा पाटे बाघको मृत्यु भएको छ ।

पुर्ब पश्चिम राजमार्ग अन्तर्गत बाराको पर्सा राष्ट्रिय निकुञ्जमा पर्ने आधारभार जंगल क्षेत्रमा हेटौंडाबाट सर्लाही जाँदै गरेको बा १६ च ८११ नम्बरको कारले बाटो क्रस गर्दै गरेको बाघलाई आज बिहान ७ः२० मा ठक्कर दिएको थियो । कारको ठक्करबाट बाघको राजमार्गमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नयब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

प्रहरीले कार चालक सर्लाहीका ५० वर्षीय अजय मिश्र र बाघलाई नियन्त्रणमा लिइ राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ । दुर्घटना पछि करीब १ घण्टा सडक अबरोध भएको र निकुन्ज प्रशासन तथा सेनाले मृत बाघ अनुसन्धान पछि लिएर गएको प्रहरीले जनाएको छ ।

ठक्कर लिने सबारी र चालकलाई निकुन्जको ऐन अनुसार कार्बाही गरीने बताईएको छ । बाघको पोष्टमारर्टम चितबन निकुन्जको टोली आए पछि गरीने प्रमुख संरक्षण अघिकृट मनोज साहले जानकारी दिए ।

पथलैयादेखि अमलेखगञ्जसम्मको सडकखण्डको राजमार्गमा बन्यजन्तुले सडक बार पार गर्ने क्रममा ठुला साना सबारी साधनबाट वन्यजन्तु सडक दुर्घटनामा परी मर्ने क्रम बढदो रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय