निजगढ नगरपालिकाको सिंगौलमा चल्ने तीन पाङ्ग्रे अटोले मनलाग्दी भाडा असुल्न थालेपछि सर्वसाधारण यात्रुहरु मार्कामा परेका छन ।

अटो चालकहरुले आफुखुसी भाडादर निर्धारण गरेर बढी रकम लिन थालेपछि मार्कामा परेका स्थानीय यात्रुहरुले गुनासो गरेका हुन । निजगढबाट करिव ७ किमी दुरीमा पर्ने सिगौलबाट निजगढ बजारसम्म आउने यात्रुहरुसंग अटो चालकहरुले प्रतिव्यक्ति १ सय रुपैयासम्म भाडा लिने गरेका छन ।

सम्बन्धित निकालयले भाडा दर निधारण गर्न चासो नदेखाएको र अनुगमन पनि नगरेपछि चालकहरुले आफुखुसी भाडा असुल्ने गरेको बताइएको छ । निजगढ नगरपालिका र ट्राफिक प्रहरीले भाडा निर्धारण गरेर बढी लिनेमाथि कारवाही गर्नुपर्ने स्थानीयबासीको माग छ ।

केही समय पहिले निजगढ सिगौल सडकको अवस्था खराब रहेको र खराब सडक हुदा लिने गरेको भाडा अहिले पनि असुल्नु उपयुक्त नहुने स्थानीयको भनाइ छ । हाल उक्त क्षेत्रको सडक कालोपत्रे भएपछि अटोको भाडा पनि घटाइनु पर्ने स्थानीयको माग छ । निजगढ, सिगौल– फापरबारी सडक आयोजना अन्तरगत यस क्षेत्रको सडक हालैमात्र कालोपत्रे भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय