सहिद मुखलाल स्मृति प्रतिष्ठान, नेपालको साधारण सभा तथा रेडियो निजगढको तेस्रो वार्षिकोत्सव आज सम्पन्न भएको छ ।

साधारण सभाले पुर्वमन्त्री एंव संविधान सभाका सदस्य पुरुषोत्तम पौडेलको अध्यक्षतामा २३ सदस्यीय नया कार्य समितिसमेत गठन गरेको हो ।

समितिको सदस्यहरुमा चन्द्रलाल पौडेल, गोकुल घोरसाइने, महमद समिउल्लाहा, सुदर्शन प्रसाद कोइराला, एकबहादुर श्रेष्ठ, सुरत पुरी, गगनदेव कुशवाहा, शिवनारायण चौधरी, विजेन्द्र चौधरी, दिनेश चौधरी, राम यादव, लिलादेवी लामिछाने, कल्याणी चौधरी, चण्डिका सापकोटा उप्रेती र माधव न्यौपाने चयन गरेको छ ।

कार्यक्रममा निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछाने, मुखलाल स्मृति प्रतिष्ठानका सचिव मनोज पौडेल, सदस्य देवनारायण चौधरीले साधारण सभा सफलताको लागि शुभकामना मन्तव्य राखेका थिए ।

रेडियो निजगढको सभाहलमा भएको सो कार्यक्रममा रेडियो संचालक समितिका संयोजक सुदर्शन कोइरलाले रेडियोको प्रगति प्रतिवेदन र सदस्य रुद्र धितालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मुखलाल स्मृति प्रतिष्ठान र रेडियो निजगढका आजिवन सदस्यहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

प्रतिष्ठानले आगामी माघा १६ गते करैयामाई गाउपालिकाको नरही चोकमा सहिद मुखलाल महतोको स्मृति सभा आयोजनागर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय