निजगढ नगरपालिका भरतगंज सिंगौलबाट निजगढ तफ आउदै गरेको पिकअप भ्यानमा सालको चिरान काठ तस्करी गरिरहेको अवस्थामा डिभिजन वन कार्यालय बाराले चालकसहित गय राति भ्यान पक्राउ गरेको छ ।

गएराति करिब ८ः४५बजे ना ५ च १४८८ नम्बरको पिकअप भ्यानमा ८३ थान सालको चिरान काठ ल्याउँदै गर्दा सिंगौल गेटबाट नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्नेमा पिकअप चालक निजगढ नगरपालिका–५ का २७ वर्षीय धर्मराज चौलागाईं रहेको डिभिजन वन कार्यालय बाराले जनकारी दिएको छ । सो भ्यानमा रहेका अर्का एक काठ तस्कर भने फरार रहेकाले उनको खोजी भइरहेको वन कार्यालय बाराका प्रमुख एवं डिएफओ मन्जुर अहमदले बताए ।

नियन्त्रणमा लिएको सो चिरान काठ ६४.०४ क्यूफिट रहेको र हालको बजार मूल्य अनुसार ३ लाख रुपैयाँभन्दा बढीको रहेको वन कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय