निजगढ नगरपालिका वडा नम्बर २ सिङ्गौलमा पहिलो पटक कालोपत्रे सडकको निर्माण कार्य शुरु भएको छ ।
वडा नम्बर २ को वडा कार्यालयदेखि पश्चिमतर्फ स्थानिए बाबुकाजि थापाको घर देखी परिवर्तनशील चोकसम्म ५ सय मिटर लामो तथा ५ मिटर चौडा कालो पत्रे सडक निर्माण शुरु भएको हो ।
सडक निर्माण कार्य शुभाआरम्भ कार्यक्रममा निजगढ नगरपालिकाकी उपप्रमुख लिला देवी लामिछाने, वडा नं २ का वडा अध्यक्ष एवम् नगरपालिका पूर्वाधार समितिका संयोजक केशवप्रसाद उपाध्याय ढोडारी, वडा नं. ४ का वडा अध्यक्ष जयराम कुमर, नरपालिकाका योजना शाखा प्रमुख पद्मराज तिमल्सिना तथा नगरपालिकाका प्राविधिकहरुको उपस्थिति थियो ।
निजगढ नगरपालिकाको ०७६÷०७७ को अधुरो कार्य अन्तरगत निर्माण हुन लागेको सो सडक निर्माणको जिम्मा आलम देवी निर्माण सेवाले लिएको छ ।