निजगढ नगरपलिकाले करारमा कर्मचारी भर्नाको लागि भन्दै आहवान गरेको सुचना एक दिनपछिनै स्थगित गरेको छ ।

प्रमुख स्तरीय निर्णय भन्दै नगरपालिकाले गत मंसिर २९ गते दरखास्त आह्वान गरेको भएपनि भोलिपल्टनै २ अधिकृतको विज्ञापन रद्द गरेको हो । नगरपालिकाले करारमा २ अधिकृत स्तरकासहित ६ जना कर्माचारी भर्नाको लागि मंसिर २९ गते दरखास्त आह्वान गरेको थियो । नगरपलिकाले बिज्ञापन रद्द गर्नुपर्ने कुनै कारण नखुलाई विज्ञापन स्थगित गरेको हो ।

नगरले मेडिकल र कानुन अधिकृत १/१ तथा स्टाप नर्स, सर्वेक्षक १/१ र २ जना अमिनको लागि भनि ५ पदका निम्ति सार्बजनिक सुचना गरेकोमा मेडिकल र कानुन अधिकृत पदको विज्ञापन भने हाललाई स्थगित गरेको प्रमुख प्रशाशकिय अधिकृत सुमनकुमार कार्कीले जानकारी दिए । उनले नगरप्रमुख सुरेश खनालको एकल निर्णयअनुसार उक्त पदमा दरखास्त आह्वान गरिएको र पुन नगर प्रमुखकै आदेशमा विज्ञापन स्थगित गरिएको बताए।
यता नगरप्रमुख खनालले भने हाल अधिकृत स्तरको कर्मचारी आवश्यक नदेखिएको र बजेट अभाव तथा कर्मचारी व्यवस्थापन सम्बन्धि समस्याका कारण रद्द गरिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय