निजगढ नगरपालिकाले चालु आर्थिक वर्षको लागि आह्वान गरेको ढुङ्गा, गिटी र बालुवा उत्खनन तथा निकासीको ठेक्का हिमानी सप्लायर्सले हात पारेको छ ।
नगरपालिकाले चालु आर्थिक वर्षको लागि बकैया र धन्सार खोलाबाट नदीजन्य पदार्थ उत्खनन तथा निकासीको लागि खोलेको बोलपत्रमा हिमानीसहित ४ वटा कम्पनीले बोलपत्र पेस गरेका थिए ।
जम्मा १३ वटा बोलपत्र बिक्री भएको भएतापनि ४ वटा कम्पनीले मात्र बोलपत्र बुझाएका हुन । न्युनतम १३ करोड ३२ हजार ९१ रुपैयामा सकार गर्न भएको टेण्डरमा हिमानी सप्लायर्सले सबैभन्दा बढी १६ करोड रुपैयाँमा बोलपत्र भरि ठेक्का प्राप्त गरेको हो भने ओम हाडवेयर सिमरा १५ करोड १० लाख, सप्तकोसी जलाधार ओम साइ कम्पनी जे.भि काठमाडौले १५ करोड ५ लाख र सुदिपा ट्रडिङ कम्पनी प्रा.लिले १४ करोड ५ सय उनान्नब्बे रुपैयाँमा बोलपत्र भरेका हुन ।
यस अगि नगरपालिकामा तीन पटक सम्म बसेको कार्यपालिकाको बैठकले कुनै निर्णय गर्न नसकेकै कारण ठेक्का रद्द गरिएको थियोे ।