निजगढ नगरपालिका वडा नम्बर– ७ स्थित शिक्षक हित वचत तथा ऋण सहकारी संस्थाको सातौं वार्षिक साधारण सभा आज सगरमाथा साकोसको सभाहलमा सम्पन्न भएको छ ।

निजगढ नगरपालिकाका उपप्रमुख लिला देवी लामिछानेको प्रमुख आतिथ्यतामा भएको सो साधारण सभामा संस्थाका अध्यक्ष कुमार तिमल्सिनाले प्रगति प्रतिवेदन र लेखा समितिका संयोजक सिताराम ढकालले चालु आर्थिक वर्षको लेखा प्रतिवेदन प्रस्तुत गरेका थियो ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संघठनका बाराका अध्यक्ष अनिल कुमार मैनाली, सगरमाथा साकोसका एवम् सहकारी संजाल निजगढका अध्यक्ष भोला प्रसाद गौतम र गौरीशंकर क्याम्पस प्रमुख रामप्रसाद गौतम, गौरीशंकर मावि सडकटोलका प्रधानाध्यापक यादवकुमार तिमल्सिना लगायतको उपस्थिती रहेको थियो ।

साधारण सभाको उदघाटन कार्यक्रममा बोल्दै उपप्रमुख लामिछानेले पेसागत हक हित र भालाईको लागि सहकारी संचालन गरेर बारा जिल्लाका शिक्षकहरुले उदाहरणीय काम गरेको र सबै शिक्षकहरु एकतावद्ध बनेर संस्थाको विकासमा  लाग्नुपर्ने बताइन् ।

कार्यक्रमको संचालन शिक्षक वोधनाथ चौलागाईले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय