बारा निजगढ नगरपालिका वडा नम्बर १० लालस्थित पाल्युल साम्त्येलिन गुम्बामा अध्यययन गर्ने विद्यार्थी र शिक्षकहरुलाई काभ्रेको एक दम्पतिले ३ लाख ५० हजार बराबरको कपडा, खाद्यान्न र पुजा सामाग्री सहयोग गरेको छ ।
काभ्रेको नमोवद्ध नगरपालिका वडा नम्बर ६ घर भइ काठमाण्डौंमा व्यवसाय गर्दै आउनुभएका मनिक लामा र श्रीमती डान्जिता लामाले आफनो ३ वर्षको छोरा छोइफेल लामा मोक्तानको ब्रतबन्दको अवसर पारेर बिहिबार गुम्बाका ४३ जना विद्यार्थी र शिक्षकलाई १/१ थान गोईला वस्त्र, ज्याकेट र १६ बोरा चामल लगायतका सामाग्री वितरण गर्नुभएको हो ।
सामाग्री वितरण कार्यक्रममा निजगगढ नगरपालिका वडा नम्बर– ५ स्थित श्रीसार्वजनिक माध्यमिक विद्यालयका प्रधानाध्यापक हस्तबहादुर लामा, गुम्बा संचालक समितिका पदाधिकारीहरु र स्थानीयकोसमेत उपस्थिति रहेको थियो ।
०६३ सालमा स्थापना भएको गुम्बामा हाल २५ जना बालबालिकालाई राखेर सम्पोटा लिपीमा शिक्षा दिइदै आइएको छ ।