तपस्वी भनिएका रामबहादुर बम्जनको निजगढ नगरपालिका वडा नम्बर– १२ बुङ्गजोर स्थित घरमा प्रहरीले अदालतको म्याद टाँस गरेको छ ।

आफना अनुयायीमाथि हत्या र बलात्कारको आरोप लागेका बम्जनलाई जिल्ला अदालत सर्लाहीमा हाजिर हुन आउनु भन्दै उनको घर र वडा कार्यालयमा इलाका प्रहरी कार्यालय निजगढबाट गएको टोलीले म्याद टाँस गरेको हो ।

बलात्कार, हत्या, बेपत्ता र शारीरिक तथा मानसिक यातना दिने आरोप लागेका बमजनलाई प्रहरीले चार महिना देखि खोजी गर्दै आएको छ । बालयौन दुरुपयोग मुदामा जिल्ला अदालत सर्लाहीले वारेन्ट जारी गरी हाजिर हुन आउन दिएको ३५ दिने म्याद नाघेपनि बम्जन अदालतमा हाजिर हुन नगएपछि प्रहरी टोली उनकै घर पुगी पक्राउ पूर्जी टाँसिएको हो ।

तपस्वी भनिएका रामबहादुर बम्जन

जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीले बमजनविरूद्ध रौतहटकी गंगामाया तामाङलाई बलात्कार गरेको अभियोगमा मुद्दा दायर गरेपछि जिल्ला अदातलले उनीविरुद्ध असार २१ गते वारेन्ट जारी गरेको थियो । रौतहटकी गंगामाया तामाङलाई बलात्कार गरेको अभियोगमा मुद्दा परेपछि बमजनविरूद्ध सर्लाही जिल्ला अदालतले वारेन्ट जारी गरेको थियो ।

अदालतको त्यही आदेश कार्यान्वयनका लागि निजगढ नगरपालिका १२ मा रहेको बुङ्गजोर स्थित बमजनको जन्मघर र वडा कार्यालयमा ३५ दिनभित्र अदालतमा उपस्थित हुन आउने म्याद सूचना टाँसिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकास थपलियाले बताए ।

प्रहरीले बम्जनको घरका मानिसलाई सूचना टाँसको साक्षी बस्न भनेको थियो । उनीहरू नबसेपछि जबरजस्ती नगरी वडा अध्यक्षको रोहबरमा कानूनबमोजिम सूचना टाँस गरीएको प्रहरी निरीक्षक थपलियाले बताए । ३७ दिनअघि जिल्ला प्रहरी कार्यालय सर्लाहीले बमजनको वारेन्ट पठाएको र पक्राउको लागि खोजी गरे पनि नभेटिएपछि घरमा लगेर सूचना टाँसिएको निजगढ प्रहरीले जनाएको छ ।

घरमा म्याद सूचना टाँसेको ३५ दिनभित्र उनी अदालतमा उपस्थित हुनु पर्नेछ । ३७ दिनअघि जिल्ला प्रहरी कार्यालय सर्लाहीले बमजनको वारेन्ट पठाएको, पक्राउको लागि खोजी गरे पनि नभेटिएपछि घरमा लगेर सूचना टाँसिएको निजगढ प्रहरीले जनाएको छ ।

बमजनको घरमा म्याद सूचना टाँसेको ३५ दिनभित्र उनी अदालतमा उपस्थित हुनु पर्नेछ नभए कानुनअनुसार उनी नआए पनि उनीविरूद्धको बलात्कार मुद्दामा सुनुवाइ अघि बढ्ने जिल्ला अदालत सर्लाहीले जनाएको छ ।

अदालतमा बमजन आफैं उपस्थित हुन आए वा प्रहरीले उनलाई पक्राउ गरे मुद्दा अघि बढ्छ नभए प्रहरीले उनलाई अदालतमा आउन भन्दै स्थायी ठेगानामा म्याद तामेल गरेको मुचुल्का पेश ग¥यो भने पनि कानुनअनुसार यो मुद्दा पेशी र सुनुवाइ प्रक्रियामा जान्ने छ ।

जिल्ला सरकारी वकिल कार्यालयले बमजनविरूद्ध १२ देखि १४ वर्षसम्म कैद सजाय र मनासिम क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेको छ । १४ वर्षदेखि १६ वर्षसम्मका बालिकालाई बलात्कार गरे १२ देखि १४ वर्षसम्मको कैद सजाय हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय