लायन्स क्लव अफ निजगढ सिटीले आज निजगढमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेका छन ।
बिहान ८ बजेबाट शुरु भई अपरान्ह १ बजे सकिएको रक्तदान कार्यक्रममा ६० पुरुष र ११ महिला गरी ७१ जनाले रक्तदान गरेको क्लवका अध्यक्ष मनोज रेग्मीले जानकारी दिए ।
गौरीशंकर फाउण्डेशन व्याच २०५७ र निजगढ युवा संजालको सहयोगमा भएको रक्तदानमा रक्त संचार केन्द्र विरगंजका कर्मचारीहरुको प्राविधिक सहयोग रहेको थियो ।
कोरोना महामारीका कारण देशका विभिन्न अस्पतालहरुमा अभाव भएपछि रगत संकलन गर्ने उद्देश्यले रक्त दान कार्यक्रम आयोजना गरिएको थियो ।