कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको सबैभन्दा जोखिममा जेष्ठ नागरिक परेका छन् । विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले कोरोनका कारण ज्यान गुमाउनेमा जेष्ठ नागरिक नै बढी देखिएको छ ।

रोग प्रतिरक्षा क्षमता कमजोर भएका वर्गलाई कोरोनाको संक्रमण जोखिम हुने भएकाले आर्थिक अभावमा रोग प्रतिरक्षा क्षमता बढाउने आहारको जोहो गर्न बाराको निजगढमा अभियान नै सुरु भएको छ ।

जेष्ठ नागरिक सम्मान तथा दशै–तिहारको शुभकामना आदनप्रदान कार्यक्रम मार्फत निजगढ १३ का ४५ जना जेष्ठ नागरिकलाई नगद एक हजार ५०० सहित हर्लिक्स, फ्रुटी र जाडोका लागि गम्सा सहयोग गरिएको तिलक घलानले बताए ।

प्रवासमा बस्दै आएका एनआएन पोर्चुगल विदेश विभाग प्रमुख आरम तामाङ्गले ५० हजार, जापानमा सवारी दुर्घटनामा ज्यान गुमाएकी ममता मुक्तानको स्मृतीमा उनका बुवा युवक मोक्तानबाट १० हजार, कुवेतबाट बिष्णु लामा ८ हजार, भारतबाट उषा लामाले पाँच हजार र मनिषा घिसिङ्ले तीन हजार सहयोग पठाएका थिए । त्यसैगरि प्रदेश २ का सांसद त्रिलोकी चौधरीले १० हजार, निजगढ नगरपालिकाका कार्यपालिका सदस्य पवन बिकले पाँच हजार र राजु बलले ५ हजार सहयोग गरेका थिए ।

८५ वर्षिय बीर बहादुर थिङले गरिब बुढाबुढीलाई विदेशमा बसेर पनि सहयोग गरेको भन्दै खुसी व्यक्त गरे । उनले सहयोगीलाई आर्शिवाद लाग्छ भने । समाजसेवी टंक बहादुर गोलेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अभियानका संयोजक तिलक घलानले अध्यक्षता र पवन बिकको सञ्चालक रहेको थियो । कार्यक्रममा सोम लाल गोले, राकेश लामा सन्जय लामा, मिलन लामा उमेश घलान, कमान थिङ, दूध राज थिङ, राजु घलान, गोबिन्द थापा लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय