निजगढ नगरपालिकाले ४ हजार लिटर क्षमताको वारुणयन्त्र खरीद गरेको छ ।

नेश्नल फायर सेफ प्रालि सुर्यबिनायक भक्तपुरले आपुर्ति गरेको अशोक लेलन कंपनिको उक्त वारुणयन्त्र कुल रकमको २ प्रतिशत छुट गरी ५८ लाख ३४ हजार ८७ रुपैयामा नगरपालिकाले खरीद गरेको सुचना अधिकारी  रबिन घिमिरेले जानकारी दिए ।

उनले भोलि वारुणयन्त्रको परीक्षण शुरु गरी सेवा संचानल शुरु गरीने बताए।

निजगढमै वारुणयन्त्र उपलब्ध हुनेभएपछि नगरवासि लाभान्वित हुने भएका छन् ।

यसअघि बेला बेला हुने आगलागि घटनामा अन्यत्रबाट दमकल बोलाउनुपर्दा नगरवासिले थप क्षति बेहोैदै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय