
सीमा क्षेत्रमा हुने अपराधलाई नियन्त्रण गर्न नेपाल र भारतका सुरक्षा अधिकारी सहमत भएका छन् ।
नेपाल भारत सीमा क्षेत्रमा हुने आपराधिक घटना न्यूनिकरणका लागि दुवै देशका सुरक्षा अधिकारीबीचको समन्वयात्मक बैठक आज बाराको कलैयामा सम्पन्न भएको छ । बैठकमा दुवै देशका अधिकारीले समन्वयात्मक हिसाबले अघि बढ्ने निर्णय गरेका छन् ।
भारतको विहार राज्यको पूर्वी तथा पश्चिम चम्पारण जिल्ला संग जोडिएको नेपालका ६ जिल्ला बारा, रौतहट, पर्सा, चितवन, पूर्वी र पश्चिम नवलपरासी र भारतको विहार राज्यको पूर्वी तथा पश्चिम चम्पारण जिल्लाका अधिकारीबीच भएको सो बैठकमा भारतको विहार राज्यमा यहीँ नोवेम्बर ३ र ७ तारिखमा हुने राज्यसभाको चुनावका विषयमा समेत छलफल भएको बाराका प्रमुख जिल्ला अधिकाररुद्रप्रसाद पण्डितले जानकारी दिए ।
उनले विहारमा हुन गइरहेको हुने राज्यसभाको निर्वाचनका समयमा ३ दिन बोडर सिल गरि यातायात र मानिस आबत जावत बन्द गरिने र सीमा क्षेत्रमा हुन सक्ने अवाञ्छित क्रियाकलाप रोक्ने, सीमा क्षेत्रबाट हुन सक्ने चेलीबेटी बेचबिखन, जडीबुटी, लागुऔषध ओसारपसार नियन्त्रणका विषयमा समेत छलफल भएको प्रमुख जिल्ला अधिकारी पण्डितले बताए ।
दुवै देशका सुरक्षा अधिकारी सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न समन्वयात्मक तरिकाले अघि बढ्न समेत सहमत भएका छन् । बैठकमा सीमा नाकामा हुने आपराधिक घटना नियन्त्रणका लागि दुवै पक्षबाट सहयोग, समन्वय र सूचना आदानप्रदान गर्ने विषयमा सहमति भएको छ ।
बैठकमा सीमावर्ती क्षेत्रको सुरक्षा अवस्था विश्लेषण, सीमास्तम्भ तथा दशगजा क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानका उपाय, सूचनाको आदानप्रदान तथा सीमापार अपराध न्यूनिकरणका लागि अपनाउन सकिने उपायलगायत विषयमा छलफल भएको र यसलाई क्रर्यान्यन गर्न दुबै पक्ष्ले सम्मान सहकार्य गनुपर्ने भारतको पूर्वी चम्परण जिल्लाका डिस्टिे«क्ट मजिष्टे«ट शिर्सत कपिल अशोकले बताए ।
भारतीय पक्षले विशेष गरी सीमा क्षेत्रबाट आपराधिक गतिविधि नियन्त्रणमा नेपालतर्फ सशस्त्र प्रहरीले खेलेको प्रयासको प्रशंसा समेत गरेको थिए ।
बैठकमा नेपालका तर्फबाट चितवन जिल्लका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको नेतृत्व रहेको थियो । उक्त बैठकमा भारतका तर्फबाट २३ जना र नेपालको तर्फबाट २६ जना गरि ४९ जना सुरक्षा निकायका पदाधिकारी, भारतिय निर्वाचन आयोगका कर्मचारी र नेपालको चितवन राष्ट्रिय निकुन्जका कार्यालय प्रभुख र वीरगंज भन्सार कार्यालयको प्रमुख समेतको बैठकमा सहभागिता रहेको थियो ।