खोलाबाट ढुङ्गा बालुवा निकाल्न रोक लगाएको भन्दै स्थानिएले सडक अवरुद्ध गरेका छन । निजगढ नगरपालिकामा वडा नम्बर ८ घयरघारीका बासिन्दाले बकैया खोला ड्याम सडक आज बिहानबाट अवरुद्ध पारेका हुन ।

बकैया खोलाबाट ढुङ्गा, गिट्टी तथा बालुवा निकालेर गुजार चलाउँदै आएका सुकुम्बासीलाई नगरपालिकाले बकैया खोलाबाट ढुङ्गा, बालुवा निकाल्न रोक लगाएको भन्दै सडक अवरुद्ध पारेका हुन ।

सयौको संख्यामा भेला भएका स्थानीयले सडकमा खम्बा गाढेर सो बाटो हुदै चल्दै आएका टिपर संचालनमा रोक लगाएका हुन । यस क्रममा ढुङ्गा बोकेका २ दर्जन भन्दा बढी टिपर सडकमा रोकिएका छन ।

स्थानीयका अनुसार नगरपालिकाकाले खोलाबाट गिटीबालुवा निकाल्न लगाएको रोक तत्काल हटाउनु पर्ने र बकैया नदी च्यानलाईजको क्रममा पुरानो निजगढमा ठेकेदारले स्टक गरेको गिटीबालुवा पनि स्थानीय क्रसरहरुमा बेच्न समेत रोक लगाउनु पर्ने बताएका छन । खोला ठेक्का लिएका ठेकेदारले नै क्रसरलाई नदिजन्य समान बेच्न थालेपछि आफुहरुको रोजगारी खोसिएको उनीहरुको भनाइ छ ।

निजगढ स्थित बकैया खोला, किनार र ड्याम फेदैमा ट्याक्टरले जोतेर ढुङ्गा निकाल्ने गरे पनि सम्बन्धित निकाय बेखबर बनी बसेको तर आफुहरुहातले टिपेर लाउदा भने नगरपालिकाले अबरोघ गरेको उनिहरुको भनाई छ ।

गत चैतबाट कोरोना भाइरस सङ्क्रमणको त्रास र लकडाउनको अवस्थाका कारण खोलामा जान रोक लगाईयो र पछि अन्य व्यपार संचालनमा आएता पनि प्रचलित कानुनअनुसार हरेक वर्ष वर्षायामको असारदेखि भदौँसम्म ३ महिना खोला बगरमा प्रवेश गर्न रोक लगाएकै कारण खोलामा गएर काम गर्ने अवस्था नभएको र कोरोना भाइरस सङ्क्रमणको त्रास र लकडाउनको अवस्थाले खोलामा दैनिक ज्याला मजदुरी गरेर जीविको पार्जन गरिरहेका सुकुम्बासीको दैनिक जिउने जीवन शैली भने सकस बन्दै गएको स्थानिएले बताए ।

नगरपालिका वडा नम्बर ८ घयरघारीका सुकुम्बासीका घरमा खाद्यान्नको अभाब छ, खोलाबाट ढुङ्गा, गिट्टी तथा बालुवा निकालेर बेचेमा घरमा चुलो बल्छ नत्र बल्दैन, ६ महिना लामो बन्दपछि खोला जान पाउने आशा गरेका मज्दुरलाई नगरपालिकाले प्रबेशमा रोक लगाएपछि यहाँका सुकुम्बासीका अहिले चुलो बाल्ने चिन्ता रहेको उनिहरुको भनाई रहेको छ ।

आउदै गरेको चाडबाड र परिवारलाई पाल्न समेत मुस्किल परेका उनिहरुलाई अहिले काम र दामको निकौ आवश्यक्ता रहेको हुदाँ नगरपालिकाले या खोलामा जान दिने या काम दिने दुईमा एक नगरेसम्म सडक संचाल्नमा रोक कायम हुने भन्दै स्थानिएले नगरपालिकालाई चेतावनी दिएका छन ।

यता निजगढ नगरपालिकाका प्रमुख सुरेश कुमार खनालका अनुसार नगरपालिकाले गिटी बालुवाको नँया ठेक्का बन्दोबस्ती गर्ते तयारी गरिरहेको हुदा ठेक्का लागेपछि मात्रै संकलन गर्न दिने भनेर साउनबाट स्थानीयलाई गिटीबालुवा संकलनमा रोक लगाउदै आएको र अहिले नगरपालिका नँया ठेक्काको अन्तिम तयारीमा रहेको जानकारी दिए ।

वस्तिका अधिकांशले बकैया खोलाको बगरबाट ढुङ्गा बालुवा निकालेर गुजारा चलाउदै आएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय