बाराकाे जितपुरसिमरा उपमहानगरपालिकाका सर्वाजनिक जग्गाहरुकाे संरक्षण गर्ने निकायले चासाे नदेखाउँदा भु-माफिया तथा पहुँच वालाले सार्वजनिक जग्गाहरु मिच्ने गरेको पाइेको छ ।

यसको एउटा उदाहरण हो जितपुरमा रहेको रिलायन्स सुपरटेक सिमेन्ट प्रा लि यस उधाेगले सगरदिन छातपिपार, बेहाराहुँदै बग्ने कुलाेलाई अतिक्रमण गरेको पाईएकाे छ ।

उक्त उधाेगले १२ फिट देखि १८ फिट सम्म चाैडाई रहेको कुलाेकाे सात कठ्ठा जग्गा हड्पेकाे श्री सगरदिन माैजा बाधपैन समितिका अध्यक्ष सुरेन्द्र साहले बताए । रिलायन्स सुपरटेक सिमेन्टले स्थानीय केही ब्यक्तिहरुलाई लाेभलालच देखाई अतिक्रमण गरिरहेकाे समेत साहले बताए ।

उक्त कुलाेकाे पानी सगरदिना छातपिपारा, बलुवा, बेहरालगायतका ठाउँमा रहेको खेतहरुमा खेती गर्न प्रयाेगमा आउँदै गरेको थियोे तर उधाेगले कुलो अतिक्रमण गरिदिंदा किसानहरु मर्कामा परेको छातपिपराकाे किसान राेशन चाैधरीले गुनासो गरे ।

उक्त कुलो रिलायन्स सुपरटेक सिमेन्ट उधाेग हुँदै बगेकाे छ र उक्त कुलाेकाे पानी हयुप पाइप हालेर निकास दिएको उधाेगका प्रतिनिधि बिनय श्रीवास्तवले जनाए पनि पत्रकारलाई हयुप पाइप हालिएको ठाउँमा जान तथा फाेटाे खिच्न राेक लगाएका थिए ।

उधाेगले दादागिरी शैलीमा सार्वजनिक जग्गा एवं कुलो मिचेकाे भएतापनि पैसाको लाेभलालच देखाई यस बिरुद्धमा आवाज उठाउनेहरुलाई आफ्नो मान्छे लगाई पन्छाउने गरेको समितिका अध्यक्ष सुरेन्द्र साहले बताए ।

यदि उधाेगले अतिक्रमित जग्गा तथा कुलो अतिक्रमण गर्न नछाेडेमा बृहत् आन्दोलन गर्ने र सम्बन्धित निकायहरुलाई दवाब सिर्जना गर्ने किसानहरुले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय