कपिलवस्तु जिल्लामा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेललाई प्रेस क्लब ऑफ कृष्णनगरले सम्मान सहित बिदाई गरेको छ ।

करीब १५ महीना देखि इलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रहरी निरिक्षक पदमा कार्यरत रही क्षेत्रमा शान्ति सुरक्षासंगै कोरोना भाइरस (कॉभिड -19) महामारीको नियंत्रणमा देखाउनु भएको सक्रियता सराहनीय रहेको प्रेस क्लब ऑफ कृष्णनगरका अध्यक्ष अंकुश कुमार श्रीवास्तवले बताए । साथै यस कपिलवस्तु जिल्लाको कृष्णनगर बसाई पश्चात ‘मुस्ताँग’ जिल्ला लाई आफ्नो कर्मथालो बनाउनु भएको प्रहरी निरीक्षक पौडेललाई आफ्नो व्यक्तिगत तथा प्रेस क्लब ऑफ कृष्णनगरको तर्फ़बाट शुभकामना दिदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको छ ।

बिदाई कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक पौडेलले आफू यस कृष्णनगर क्षेत्रमा करीब १५ महीना देखि यहाँका जनताहरूको सेवा गर्न पाएकोमा खुशी व्यक्त गर्दै, र आफूलाई सम्मान सहित बिदाई गरेकोमा यस प्रेस क्लब ऑफ कृष्णनगरलाई विशेष धन्यबाद गरेका हुन ।

ईलाका प्रहरी कार्यालय कृष्णनगर कार्यालय प्रमुखको रूपमा कार्यरत रहदा यही असोज ७ गते ३७ के. जी. लागु औषध चरेस सहित २ जना लाइ पक्राउ गर्न सफल र आफ्नो मताहत क्षेत्रमा शान्ति, सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण, अवैध चोरी तस्करी नियन्त्रण र विश्वमा महामारी रुपमा फैलिएको (COVID-19) रोकथाम तथा नियन्त्रण जस्ता प्रहरी काम कार्वाही निष्पक्ष, व्यवसायिक, ईमानदारी, अनुसासित र जिम्मेवारी पूर्ण रूपले उच्च मनोबलका साथ कार्य सम्पादन गरेकोले उच्च मूल्यांकन गर्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तु ले प्रशंसा पत्र समेत प्रदान गरेको छ ।

उक्त बिदाई कार्यक्रममा प्रेस क्लब ऑफ कृष्णनगरका प्रतिमा विश्वकर्मा, प्रिंस मिश्र, रमा शंकर तिवारी, कमलेश चन्द्र गुप्ता, लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय