
बलत्कारको घटना लेनदेनमा मिलाउने प्रयास गरेको पाईएको छ । जिल्लाको सुवर्ण गाउँपालिकाका जनप्रतिनिधिले नै घटना लेनदेनमा मिलाएर बलात्कारीलाइ बचाउने प्रयास गरेको पाईएको हो ।
गाउँपालिकाको वडा नं. ५ स्थित औरैयामा गत सुक्रबार विश्वकर्मा पूजाको साँझ १२ बर्षाय बालिका बलात्कीत भएकी हुन् । स्थानिय २५ बर्षका शिवपुजन यादवले बालिकाको गाम्छाले मुख थुनेर नजिकैको गोढमा लगेर जबरजस्ती करणी गरेका थिए ।
मुख थुनिएको अवस्थामै बालिका चिच्याएपछि छिमेकीले उनको उद्दार गरेका हुन् । बालिकाको चिच्याहटपछी छिमेकी जाँदा आरोपित व्यक्ति भाग्दै गरेको प्रस्ट देखेकोे प्रत्यक्षदर्शी जग्दीलाल यादवले बताए ।
बलात्कार आरोपी यादव विरुद्ध प्रहरीमा उजुरी समेत परेको छ । पीडित बालिका बाबुले असोज ३ गते जिल्ला प्रहरी कार्यालय बारामा जबरदस्ती करणी मुद्दा दर्ता गराएका हुन् । प्रहरीले पिडित बालिकाको शनिबार जिल्ला अस्पताल कलैयामा स्वास्थ परीक्षण समेत गराईसकेको छ ।
प्रहरीमा उजुरी समेत परेको गम्भीर प्रकृतीको बालात्कार जस्तो जघन्य घटनालाई सुवर्ण गाउँपालिका वडा नं. ५ जनप्रतिनिधिले नै लेनदेनका मिलापत्र गराउने प्रयास गरेका हुन् । वडा अध्यक्ष रामएकवाल साहले गाउँस्तरमै कथित भद्रभलाद्मीहरुको उपस्थितिमा बसेको पञ्चायतीमा आर्थिक जरिवाना गरेर बलात्कारीलाई बचाउन खोजेको हुन् ।
बलात्कार मुद्दा लेनदेनमा मिलापत्र गराउ नहुने भन्दै स्थानिए युवाहरुले वडा अध्यक्ष रामएकवाल साहलाई चेतावनीन दिएका थिए । युवाहरु माथीनै वडा अध्यक्ष जाईलागेपछी युवाहरुले पञ्चायती अबरुध गरी वडा अध्यक्ष साहलाई पञ्चायतीबाटै लखेटेको स्थानिए युवा बिनोद प्रसाद यादबले बताए । वडा अध्यक्ष र भद्रभलाद्मीहरुको बैठकबाट पिडकलाई आर्थिक जरिवाना गरेर बचाउने प्रयास भएपछि स्थानिय युवाहरुले बिरोध उनले बताए ।
लखेटिए वडाअध्यक्ष
घटनाको पछि वडा अध्यक्ष रामएकवाल साहले २÷२ पटक पञ्चायती राखेर एक लाख ५० हजार जरिवाना गराई बलात्कारीलाई बचाउन खोजेका थिए । घटना लेनदेनबाट नमिल्ने देखभएपछी आरोपी शिवपुजन यादवलाई शनिबार वडा अध्यक्षकै ईशारामा भारततर्फ भगाईएकोे स्थानीयले आरोप लगाएका छन् ।
केही स्थानीयले बलात्कारीलाई भगाएको र उल्टै बलात्कृत बालिकालाई हातपात गरेको स्थानीयले बताएका छन । पीडित परिवारलाई बलात्कार आरोपी यादवका आफन्तले मानसिक दबाब र त्राश दिदै आएको स्थानिय अलीशोर मियाले बताए।
पीडितका बाबुको किटानि जाहेरीका आधारमा आरोपित शिवपुजन यादवविरुद्ध मुद्दा दर्ता भएको छ । घटनाबारे थप अनुसन्धान तथा आरोपितको खोजीकार्य भईरहेको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले जानकारी दिए ।
यता बलात्कार मुद्दा लेनदेनमा मिलापत्र गराउन खोज्दा आफूलाई लखेट्ने युवाहरुविरुद्ध वडा अध्यक्ष रामएकवाल साहले अभद्र व्यवहारमा मुद्दा दर्ता गर्न प्रहरीलाई दबाब दिएका छन् ।
गाउँका ७ जना युवाविरुद्ध मुद्दा दर्ता गर्न दबाब दिइरहेको प्रहरी स्रोतले जनाएको छ । पञ्चायती बसिरहेको समयमा आफुलाई लखेटेर हातपात समेत गरेको भन्दै उनले ती युवाविरुद्ध मुद्दा दर्ता गर्न दबाब दिएका हुन् ।