खरिद मुल्य भन्दा बढी मुल्य लिएर प्याज बिक्री गरेको आरोपमा कलैयाबाट एक जना व्यापारीलाई प्रहरीले बिहिबार दिउसो पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटेको टोलीले कलैया उपमहानगरपालिका वडा नं. १ स्थित खुशी स्टोरका मालिक नागेश्वर प्रसाद साहको छोरा चन्दन साहलाई प्रति किलो ४३ रुपैयामा खरिद गरेको प्याज ८० रुपैयामा बिक्री गरेको पाइएपछि प्रहरीले दिउसो २ बजे नियन्त्रणमा लिएको हो । ग्राहक बनेर खरिद गर्न पुगेको प्रहरी टोलीलाई साहले प्रति केजी ८० रुपैयका दरले प्याज बिक्री गरेका थिए ।

प्रहरीले साहको स्टोरमा लुकाई राखिएको १९ किलो भएको १४ बोरा र प्रति बोरा ४८ किलो भएको ४ बोरा गरी जम्मा ४५८ किलो ग्राम प्याज पनि बरामद गरेको छ ।

जिल्ला प्रहरीकार्यालय बाराका प्रवक्ता गौतम मिश्रले पक्राउ परेका साहलाई कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार आवश्यक कारवाही भइरहेको बताए । भारतले प्याज निर्यातमा रोक लगाएपछि बजारमा प्याजको कृतिम अभाव देखाई केही व्यापारीले खरिद मुल्यको दोब्बरसम्ममा बिक्रि वितरण गरी कालो बजारी गर्दै आएका छन ।

त्यसैगरी प्रहरी टोलीले जिल्ला बारा जिल्ला कलैया उपमहानागरपालिका वडा नं. १० स्थित सडक खण्डबाट बिहिबार बरामद गरेको ४५ हजार मुल्य बाराबरको बराबरको बिभिन्न किसिमका कस्मेटिक सामान तथा एउटा भारतीय नम्बर प्लेटको मोटरसाइकल भन्सार दाखिला गरेको छ । भारतबाट भन्सार छलि चोरी पैठारी गरी नेपाल भित्राएको अवस्थामा प्रहरीले मोटरसाइकलसहित उक्त सामान बुधबार बरामद गरेको थियो ।

प्रहरी कार्यालयकाअनुसार भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंजमा बुझाइएको प्रहरी प्रवक्ता मिश्रले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय