नारायणगढ–मुग्लिन सडकखण्डको चोरखोला नजिक पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । ईच्छाकामना गाउँपालिका-६ स्थित चोरखोला नजिक पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सडकमा खसेको पहिरो ठूलो भएका कारण पहिरो हटाएर सडक सुचारु गराउन समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए । यसअघि पनि साेही ठाउँमा पहिराे खसेर सडक अवरुद्ध भएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय