
नेपालमा थप १ हजार ४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
विगत २४ घन्टामा १० हजार ७ सय १ पीसीआर नमूना परीक्षण गर्दा ९ सय ९१ पुरुष र ४ सय ६३ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ५१ हजार ९ सय १९ पुगेको छ ।
पछिल्लो २४ घन्टामा उपत्यकामा ६ सय ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा मात्रै ६ सय २० जनामा संक्रमण पुष्टि भएको छ । भक्तपुर र ललितपुमा ३८–३८ जनामा संक्रमण पुष्टि भएको छ ।
मोरङमा ४७, सुनसरीमा ४४, सिरहामा ४२, मकबानपुरमा ५४, चितवनमा ७४, नवलपरासी पूर्वमा ३८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै कपिलबस्तुमा २८, नवलपरासीमा ३५, रुपन्देहीमा १ सय २ र कैलालीमा ६७ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा ९ सय ७२ जना कोरोना जितेर घर फर्केका छन । योसँगै कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३६ हजार ६ सय ७२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस संक्रमणबाट मुक्त हुने दर लगभग ७१ प्रतिशत छ ।
अहिले देशभर १४ हजार ९ सय २१ जना सक्रिय संक्तमित छन । सक्रमितमध्ये ६ हजार ६ सय ३४ घरमै छन् भने बाँकी ८ हजार २ सय ९१ संस्थागत आइसोलेशनमा रहेका छन ।
संक्रमितहरूमध्ये १ सय ७० जना सघन उपचार कक्षमा र २४ जना भेन्टिलेटरमा उपचार भैरहेको छ । क्वारन्टीनमा ५ हजार ७८ जना रहेका छन ।
अहिलेसम्म कोरोना भाइरस संक्रमण पहिचान गर्नका लागि आठ लाख २१ हजार १ सय ८६ पीसीआर नमूना परीक्षण भएको छ ।
पछिल्लो चौबिस घन्टामा थप पाँच जनाको कोरोना संक्रमणवाट मृत्यु भएको छ । महोत्तरी, धनुषा, काठमाडौं र नवलपरासीमा एक–एक पुरुष र मोरङमा एक महिलाको मृत्यु भएको हो ।
यासँगै कोरोना भाइरसवाट ज्यान गुमाउनेको संख्या ३ सय २२ पुगेको छ ।