निजगढ नगरपालिका वडा नम्बर– १० स्थित लाल जंगलबाट सशस्त्र प्रहरीले बिहिबार दुई थान भरुवा बन्दुक बरामद गरेको छ ।

प्रहरीले निजगढ– काठमाण्डौं फास्टट्याक नजिकैको जंगलबाट बन्दुक बरामद गरेको हो ।
सुरक्षाकर्मीलाई देखेपछि चोरीसिकारीहरुले भाग्ने क्रममा फालेको बन्दुक प्रहरीले बरामद गरेको हो ।

सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजितले सशस्त्र प्रहरी नायव निरीक्षक नारायणप्रसाद अधिकारीको नेतृत्वमा खटेको टोलीले हतियार बरामद गरेको जानकारी दिनुभयो ।

उहाँकाअनुसार जंगलमा बोकर आउदै गरेका अवस्थामा दुई जना मानिसले प्रहरीको गस्ति टोलीलाई देखेपछि बन्दुक फालेर भागेका थिए । बरामद बन्दुक मध्ये एउटा ५५ र अर्को ४५.५ इन्च लम्बाइको छ । जंगली जनावरको सिकार गर्ने क्रममा उनीहरु काँधमा बन्दुक बोकेर हिडेको प्रहरीको भनाइ छ ।

नियन्त्रणमा लिइएको भरुवा बन्दुक आवश्यक कारवाहीकोलागि जिल्ला प्रहरी कार्यलय बारामा बुझाइएको उपरीक्षक कर्णजितले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय