नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
११ हजार १ सय ८४ पीसीआर परीक्षण गर्दा ४ सय २ महिला र ८ सय ४४ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५० हजार ४ सय ६५ पुगेको छ ।
काठमाडौं उपत्यकाका थप ५ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ४ सय ९५, भक्तपुरमा ३४ र ललितपुरमा ४३ जना संक्रमित थपिएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा बढी संक्रमित थपिएकामा बाँकेमा ७०, कपिलवस्तुमा ४४, नवलपरासी ३७, सर्लाही ४२, काभ्रे ३६, रुपन्देही ५१, मकवानपुर र सप्तरीमा ३५ जना रहेका छन् । त्यस्तै पाल्पमा २९, धनुषामा २७, सुनसरीमा २३, संखुवासभामा २२, कास्कीमा २१ जना संक्रमित थपिएका छन् ।
अहिले देशभरका आइसोलेशनमा १४ हजार ४ सय ४८ जना रहेका छन् । तिमध्ये ६ हजार ४ सय ३८ होम आइसोलेसन र ८ हजार १० संस्थागत आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घन्टामा १ हजार ८ सय ८ जना संक्रमित डिस्चार्ज भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ३५ हजार ७ सय पुगेको छ ।
देशभरि क्वारेन्टिनमा ५ हजार ८ सय ६ जना रहेका छन । कोरोना भाइरस संक्रमण पहिचानका लागि हालसम्म ८ लाख १० हजार ४ सय ८५ वटा पीसीआर परीक्षण गरिएको छ । पछिल्लो २४ घन्टामा थप ५ जनाको संक्रमणबाट मृत्यु भएको छ ।
मृत्यु हुनेमा एक महिला र चार जना पुरुष रहेका छन् । काठमाडौमा एक जना महिलाको मृत्यु भएको छ । त्यस्तै काठमाडौं दुइ, चितवन र कपिलवस्तुका एक एक जना पुरुषको पनि मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय १७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १ सय ६५ जनाको आईसीयुमा र २१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, म्याग्दी, मुगु र हुम्ला गरी ६ जिल्ला कोरोना भाइरस संक्रमणमुक्त रहेका छन् ।
यसैगरी सुनसरी, सर्लाही, काठमाडौँ, चितवन र रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।।