पुर्वपश्चिम राजमार्गस्थित निजगढ पुर्वको जंगलमा प्रहरीको ट्रकको ठक्करबाट मंगलबार राति एकको मृत्यु र ३ जना घाइते भएका छन ।

निजगढकी एक युवतिलाई ठक्कर दिएर भागेको सो ट्रकको धन्सार पारी जंगलमा ३ जना साइकल यात्रिलाई राति ८.३० बजे ठक्कर दिएको थियो ।

इलाका प्रहरी कर्यालय चन्द्रपुरले दिएको जानकारीअनुसार जनकपुरस्थित नेपाल प्रहरी गणको ना १ ग ४७९ नम्बरको ट्रकको ठक्करबाट रौतहट जिल्ला कटहरिया नगरपालिका वडा नम्बर– ७ बगहीका ६१ वर्षिय नथुनी देवानको मृत्यु भएको हो । ट्रकको ठक्करबाट सोही ठाउँ बस्ने असन्तरा खातनु र सर्लाही बलरा गाउँपालिका– ५ का जगदिश महतो पनि घाइते भएका छन ।

निजगढबाट साइकलमा चढेर चन्द्रपुरतर्फ जादै गरेको अवस्थामा निजगढ पुर्व धन्सार र लमाहा खोला पुलबीचको जंगलमा ठक्कर दिदा नथुनीको घटनास्थलमा नै मृत्यु भएको हाे । घाइतेहरुको चन्द्रपुरस्थित अस्पतालमा उपचार भइरहेको र ट्रकसहित चालक सन्तबहादुर थापालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान शुरु गरेको बताएको छ ।

सोही ट्रकको ठक्करबाट निजगढ नगरपालिका वडा नम्बर– ९ की राधिका श्रेष्ठ घाइते बनेकी छिन । निजगढस्थित पुर्वपश्चिम राजमार्गको देउराली चोक नजिक उक्त ट्कले राधिकालाई ठक्कर दिएको हो । घाइते राधिकालाई अलपत्र छोडेर भागेको ट्कले जंगलमा पुगेपछि थप ३ जनालाई पनि ठक्कर दिएको हो । टाउकोमा चोट लागेकी राधिकाको निजगढस्थिर्त सामुदायिक अस्पतालमा उपचार भइरहेको र थप उपचारको लागि हेटौडा लैजाने तयारी भएको घाइतेकी आमा चन्द्रमायाले बताए ।

इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकास थपलियाले प्रहरीले ट्रकको ठक्करबाट घाइतेको बनेकी श्रेष्ठको उपचार र आवश्यक क्षेतिपुतिकोलागि पहल गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय