मेची महाकाली बुहारी सयुक्त आवाज, बाराले शुक्रबार संस्थाको पहिलो वार्षिक उत्सवको अबसरमा निजगढ नगरपालिका वडा नम्बर– १० लालस्थित हाम्रो मामाघरमा एक कार्यक्रम आयोजना गरी मनाएको छ ।
बुहारी सयुक्त आवाजले मामाघरमा आश्रित बालबालिकाहरुसंग केक काटेर खुशी साटासाट गर्दै पहिलो वार्षिक उत्सव मनाएको हो । संस्थाले सो अवसरमा मामा घरलाई २ थान पंखा, चाउचाउ १ कार्टुन, बिस्कुट ४ दर्जन र फ्रुर्टी १ कार्टुनलगायतका सामाग्री पनि उपलब्ध गराएको थियो ।
सोहि अवसरमा लालकी एक असाहय सुत्केरी महिलालाई पनि खाद्यान्न सामग्री सहयोग गरेको छ । संस्थाले गत भदौ १५ गते सुत्केरी भएकी स्थानीय बिरानी माया सक्तानलाई एक बोरा चामल, ५ किलो दाल, ५ लिटर खाने तेल, २ दर्जन बिस्कुट तथा १ किलो हर्लिक्स र निजगढ नगरपालिकाबाट प्राप्त १ बोरा चामल र ५ किलो दाल समेत हस्तान्तरण गरिएको छ ।
सुत्केरी महिलालाई बुहारी आवाजकी सदस्य एवं निजगढ एग्रोभेटकी संचालिका शान्ति लामाले पनि व्यक्तिगतरुपमा २ किलो घिउ, लत्ताकपडा तथा अन्य पोषणयुक्त खाद्यान्न प्रदान गर्नुभएको थियो । संस्थाको पहिलो वार्षिक उत्सव तथा केन्द्रीय अध्यक्ष यामु शर्मा सुब्बाको जन्म दिनको अवसरमा अनाथ बालबालिकाहरुको लागि सहयोग गरिएको संस्थाकी बारा जिल्ला संयोजक सावित्री बराल तिमल्सिनाले बताइन।
कार्यक्रममा निजगढ नगरउपप्रमुख लिलादेवी लामिछाने, मेची महाकाली बुहारी सयुक्त आवाज बाराकी उपाध्यक्ष सगुन लामा, सचिव उषा लामा मोक्तान, सहसचिव गङ्गामाया श्रेष्ठ, कोषध्यक्ष दिपा पुलामी तथा सदस्यहरु शान्ति लामा, धनि भण्डारी, अनिता पाण्डे, रुपा रिसाल, शरीता तिमल्सिना, लक्ष्मी चौलागाई, रंजिता श्रेष्ठ, रत्न बर्तौला लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा अनाथ बालबालिकाको संस्था मामाघरका सचिव अमृत अधिकारीले विपदको समयमा सहयोग जुटाइदिने संस्थालाई धन्यवाद ज्ञापन व्यक्त गरेका थियो ।