निजगढ नगरपालिकाका लालध्वजको हत्या आरोपमा जिल्ला अदालत बाराले पुर्पक्षको लागि ४ जना अभियुक्तलाई थुनामा राख्न शुक्रबार निर्णय दिएको छ ।

अदालतले निजगढ नगरपालिका वडा नम्बर ८ का वर्ष ३७ का लालध्वज लामाको हत्या अभियोगमा निजगढ नगरपालिका वडा नम्बर– ८ का ३३ वर्षिय केशवराज शिवाकोटी, सोही ठाउँकी वर्ष ३९ की बन्दना लामा, निजगढ वडा नम्बर–. ९ बस्ने वर्ष ४५ को ‘संजय’ भनिने चक्र बहादुर तामाङ र सर्लाही जिल्ला बाग्मती नगरपालिका वडा नम्बर– ३ बस्ने वर्ष २४ का जोखबहादुर स्याङतानलाई पुर्पक्षको लागि थुनामा राख्ने निर्णय दिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव निरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

शुक्रबार दिनभरीको बयान र थुनछेक वहशपछि न्यायधिश ईश्वरीप्रसाद गौतमको इजलाशले राति ८ बजे आदेश दिएको प्रहरी नायव निरिक्षक श्रेष्ठले जानकारी दिए ।

लालध्वजको हत्या अभियोगमा इलाका प्रहरी कार्यालय सिमराले चारै जनालाई एक महिनाअघि पक्राउ गरी जिल्ला सरकारी वकिल महेन्द्र थापामार्फत मंगलबाररु जिल्ला अदालतमा मंगलबार अभियोग पत्र दर्ता गरेको थियो । अभियुक्तहरुसंग २ दिन लगाएर अदालतमा बयान लिइएको थियो । सो मुद्दामा अदालतको अन्तिम फैसला आउन भने अझै बाँकी नै छ ।

अमलेखगंजस्थित ससुराली घरबाट गत असार २१ गते बेपत्ता बनेका लालध्वजको असार २८ गते जितपुरसिमरा उप–महानागरपालिका वडा नम्बर– २२ अमलेखगंजस्थित २ नम्बर पुल पुर्वतर्फको थानीमाई सामुदायिक वनको सिसौघाँरी जंगलमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको र शव सडेर गलेको अवस्थमा फेला परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय