वीरगञ्जको नारायणी अस्पतालस्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बाराका थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराका संक्रमितहरु सुरक्षाकर्मी र बैंकका कर्मचारीसमेत छन् ।
बाराको निजगढ नगरपालिकाबाट पठाइएको स्वाबका नमुना परीक्षण गर्दा १४ जनामा कोरोना देखिएको छ । निजगढ नगरपालिकाको वडा नं. ८ मा २ जना, वडा नं. ३, ७ र ९ मा १÷१ जनामा कोरोना संक्रमण देखिएको छ ।
यसैगरी इलाका प्रहरी कार्यालय निजगढका १ हवलदार सहित ५ थुनुवामा रहेका कैदी रहेका छन ३३, ३९, ३३, ४३, ५७ र २८ वर्षका र सशस्त्र प्रहरी बल पिलुवाका २६ र ३७ वर्षका पुरुषमा कोरोना पुष्टि भएको छ ।
यसैगरी निजगढ नगरपालिका स्थित कामना विकास बैंकमा कार्यरत २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाराले जनाएको छ ।
प्रसौनी गाउँपालिका वडा नं. ४ मा ३ जना, वडा नं. ५ मा १ जना र पटेर्वासुगौलीमा १ जनाको पीसीआर पोजेटिभ देखिएको छ ।
ADVERTISEMENT