बारामा कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । बाराको सम्रौनगढ नगरपालिका–९ बसबरियाटोल बस्ने ९७ वर्षीय वृद्धको मृत्यु भएको हो ।

मुटु रोगी र दमको समस्या रहेका उनमा उच्च रक्तचापको समेत समस्या समेत थियो ।
उपचारको क्रममा आज बिहान १ बजे मृत्यु भएको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

९७ वर्षीय वृद्धलाई मुटु रोग, दम र उच्च रक्तचापको समस्या पहिलेदेखि नै रहेको र उमेर पनि निकै ढल्किसकेको अवस्था उनलाई कोरोना संक्रमण देखिएको हो । डाक्टरले प्रयास गर्दागदै पनि बचाउन नसकिएको अस्पतालको भनाई छ ।

उनको भदौ १२ गते स्वाब संकलन गरेको दुई दिनपछि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । त्यसलगत्तै भदौ १४ गते अस्थायी कोभिड अस्पताल गण्डकमा भर्ना गरिएको थियो ।

बारामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ । साउनयता मात्रै बारामा १२ जनाको मृत्यु भएको छ । यो संगै बारामा कोरोना संक्रमितको संख्या ९५० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय