रौतहटको माधवनारायण नगरपालिका वडा नं.२ बेसरैया स्थीत हनुमान मंन्दिरका पुजारी श्रीराम साहको हत्यामा संलग्नको पहिचान तत्काल कार्वाहीको दायरामा ल्याउन बारामा माग गरिएको छ । मंलगबार बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितलाई ज्ञापनपत्र बुझाउँदै हिन्दु धर्मसंग सम्बन्धित विभिन्न ७ समितिका पदाधिकारीहरुले संयुक्त रुपमा सरकारसँग यस्तो माग राखेका हुन ।
अध्यात्म कल्याणकारी समाज नेपाल, नेपालजयोतिष परिषद् प्रदेश नं.२, ज्योतष संघ बारा, हिन्दु जागरण नेपाल, संन्तानेश्वर मन्दिर संरक्षण समिति, गोपाल सेवा समितिकलैया बारा र हनुमान मंन्दिर कलैयाले संयुक्त रुपमा बुझाएको ज्ञापननमा पछिल्लो समय हिन्दुधर्मका विरुद्धमा श्रृन्खलाबद्ध आक्रमण हुँदै आएको पति चिन्ता जनाउँदै सरकारको ध्यानाकर्षण गराईएको छ ।
पत्रमा त्यसैको परिणाम स्वरुप मन्दिरका पुजारीको निर्मम हत्या भएको भनाई उल्लेख छ । धर्म परिवर्तनकारी जेहादी समूहले घटना घटाएको हुनसक्ने भन्दै विभिन्न समितिका पधादिकारीहरुले उनीहरुको पहिचानमा गम्भिर बनिदिन सरकारसँग माग गरेका छन । यस्ता घटनाले धार्मिक र सामाजिक सद्भाव विगार्ने हुँदा घटनाका दोषि पत्ता लगाई सत्य तथ्य यथाशिघ्र बाहिर ल्याउन समेत ज्ञापनपत्र मार्फत सरकारसँग समितिका पधादीकारीहरुले माग गरेका छन ।
नेपालको मौलिक धर्म संस्कार र संस्कृतिको संरक्षण गरिनु पर्ने भन्दै धर्म परिवर्तन गराउनेका विरुद्ध कानुनी कार्वाही गनुपर्ने पत्रमा भनिएको छ । विभिन्न धार्मिक संघ संस्थाले प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने कार्य जारी रहेकाले यसका विरुद्ध सशक्त कदम चालिनु पर्ने उनीहरुले माग गरेका छन ।
नेपालको मौलिक धर्म संस्कार संस्कृति र परम्परालाई खल्बल्याउन खोज्ने तत्वहरुले विभिन्न हतकण्डा गर्ने गरेको उनीहरुको पत्रममा उल्लेख छ । गौहत्या,मंन्दिर तोडफोड, धार्मिक कलशयात्रा आदिमा आक्रमण, मौलिक धर्मका कृत्य र धर्म विरुद्धमा भ्रमक लेख प्रशारण भैरहनुले यस्को पुष्टी गरेको उनीहरुको भनाईछ ।
अध्यात्म कल्याणकारी समाज नेपालका संरक्षक युवा पं.नवराज घिमिरे, नेपाल ज्योतिष परिषद् प्रदेश नं.२का अध्यक्ष ज्यो.पं. छवीरमण सुबेदी, ज्योतष संघ बारा अध्यक्ष पं.कृष्णहरी नेपाल, हिन्दु जागरण नेपालका संयोजक पं. राघव उपाध्याय, संन्तानेश्वर मन्दिर संरक्षण समिति संयोजक रामचन्द्र भट्टराई, गोपाल सेवा समितिकलैया बाराका अध्यक्ष जंगबहादुर यादव र हनुमान मंन्दिर कलैयाका पुजारी हरीकृष्ण तिवारीले संयुक्त रुपमा ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन।