नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । हालसम्म २२ हजार १७८ उपचारपछि निको भएको गौतमले बताए ।
मन्त्रालयका अनुसार मंगलबारसम्म पीसीआर विधिबाट ७ लाख ५ हजार ५६० परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा १२ हजार ८८ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ३९० जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या १८ हजार ११२ जना रहेको छ ।