बारामा कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । बाराको कोल्हबी नगरपालिकाका ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

बाराका पुरुषको गण्डक कोभिड अस्पतालमा मृत्यु भएको नारायणी कोरोना संक्रमणबाटप्रवक्ता बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।

बाराका ६० वर्षीय पुरुष कोरोना संक्रमण पुष्टि भएपछि भदौ १० गते नै अस्थायी कोभिड अस्पताल गण्डकमा भर्ना भएका थिए । उपचारकै क्रममा मंगलबार बिहान ४ः५० बजे उनको मृत्यु भएको चौरसियाको भनाइ छ ।

शरीरमा अक्सिजनको मात्रा एकदमै कम भएकाले फूल अक्सिजनमा राखिएको थियो । अन्तमा रेक्सपाइरोटरी फेलियर भएका कारण बचाउन नसकिएको अस्पतालले जनाएको छ । यो संगै बारामा मृत्युहुनेको सख्या १६ पुगेको छ ।

बारामा कोरोना संक्रमितको संख्या ९३० पुगेको छ । यो सग्गै १६ वटा स्थानिए तहरहेको बारामा सबै पालिकामा कोरोना संक्रमण पुस्टि भएको हो ।

हाल सम्ममा बारामा जिल्लाभरमा कलैया, जितपुरसिमरा उपमानगरपालिका, निजगढ नगरपालिकामा कोरोना संक्रमिणको उच्च जोखिम रहेको छ । बारा जिल्लामा हाल सम्ममा ६० जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भईसकेका छन भने २३ जना सुरक्षाकर्मी, ५ जना संचारकर्मी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय