पछिल्लाेसमय पर्यटकीय स्थलको रुपमा विकसित हुदै गएको बाराको निजगढ नगरपालिका सिगौलसंग सिमा जोडिएको मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नम्बर २ स्थित नागदह झरना हेर्न जान स्थानीयले रोक लगाएका छन ।

झर्ना हेर्न भनेर गाउँबाहिरबाट आउने मान्छेको भिडले वस्तिमा कोरोना संक्रमणको जोखिम बढने भन्दै निजगढस्थित सिगाैलका बासिन्दाले रोक लगाएका हुन ।

नगरपालिका वडा नम्बर १, २ र ३ वडा कार्यालय, पिपलटार टोल विकास संस्था र स्थानीयले झरना हेर्न जान रोक लगाएको अस्थायी प्रहरी पोष्टका इन्चार्ज गजेन्द्र चौधरीले जानकारी दिए । झरना हेर्ने नाममा सिगौलमा बाहिरका मान्छेको भिडभाड बढन थालेको र संक्रमणको जोखिम बढेपछि शनिबारबाट रोक लगाएर आइतबारबाट नागदहतर्फ जान लागेका मान्छेहरुलाई सिगौलबाटै फिर्ता पठाइएको ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक बिकास थपलियाले बताए ।

निजगढ नगरपालिका वडा नम्बर १ को पिपलटारबाट करिव ४ किमी दुरीमा उत्तरतर्फ चुरे क्षेत्रमा पर्ने करिव २० फिट अग्लो मनमोहक नागदह झरना धन्सार खोला किनारमा रहेको छ । केहीसमय यता निजगढ बजारलगायत बारा र रौतहट जिल्लाका विभिन्न स्थानबाट झरना हेर्न आउने मानिसहरुको संख्या बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय