बारामा सशस्त्र प्रहरीले गएराती १८० केजी गाँजासहित एक कारलाई नियन्त्रणमा लिएको छ ।
जिल्लाको कोल्वी नगरपालिका वडा नम्बर ९ श्रीपुर मुसहर्नास्थित सिम्रनगढ जाने बाटोमा विशेष सूचनाको आधारमा चेक जांच गर्दा कारमा प्याक गरेर लैजान लागिएको १८० केजी गाँजा फेला परेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
जाँच गर्ने क्रममा प्रदेश नम्बर ३ ०२२ च ८१३४ नम्वरको डटसन कारमा प्लाष्टिकले बेरेर पोका पारिएको २० केजीको ७ पोका, १० केजीको ४ पोका गरी जम्मा १८० केजी गाँजा र कारसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरीको १२ नम्बर गणले जानकारी दिएको छ ।