पर्वकाे नाममा निषेधाज्ञाकाे अवज्ञा गर्दै बाराको सिम्रौनगढ नगरपालिका स्थित बजारमा आईतवार भव्यताका साथ मुस्लिम समुदायहरुले मुहर्म तजेया दाहा पर्व मनाएका छन् ।

जिल्लाकाे सिम्रौनगढ नगरपालिका अन्तरर्गतकाे गढ बजार, पर्सा टोला, कमलपुर, ईटवाल सानो, हरिहरपुर नैकाटोला लगायतकाे बिभिन्न गाउँबाट लिएर आएका तजेयाहरु सिम्रौनगढ बजारमा मिलान गरी सहभागीहरुले मिसिया खेलेका हुँन् ।

यस अवसरमा महिलाहरु तजेयाको गीत गाएर मनाए, भने पुरुषहरु मिसिया खेल्दै शैरवाजी गर्दै बाला भाज्ने, लठ्ठी नचाउँने भाला, बर्छी फार्सा, तलवार नचाउँने र लाठी लगायतकाे बिभिन्न घरेलु हतियाले खेल्नुको साथै आ-आफ्नाें कलाकाे प्रदर्शन गरेका छन् ।

यस तजेयामा सहभागीहरु र दर्षकहरुले तजेयामा बतासा, सिर्नी, मलिदा चढाएका छन् । यता प्रहरीले भिड-भाड नगरौं समाजिक दुरी कायम गराैं निषेधाज्ञाको पालना गरौं भन्दा समेत कसैले केही न सुने पछि ईलाका प्रहरी कार्यालय सिम्रानगढका प्रहरी जवानहरु फिर्त गएको थियो ।

यस्तै आईतवार राती मुस्लिमहरु हसन, हुँसेनको सम्झनामा राती भोजन गर्ने चलन रहेको छ । तैपनी यो चलन अहिले लोप भएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय